घाँटी काटिएको अवस्थामा शव भेटियो
![](https://vijayafm.org.np/uploads/news/images/1675745343-kz8Jj2023-05-22-11-58-41.jpeg)
सप्तरी- सप्तरीमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी २५ बर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । यस विषयमा अन्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।