जिल्ला उद्योग वाणिज्य संघ गैडाकोटको नयाँ नेतृत्व चयनमा लागी निर्वाचन तालिका प्रकाशन
गैँडाकोट । जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोटको चौथो अधिवेशन श्रावण ९ गते शनिबार हुने भएको छ । संघको सातौ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन श्रावण ८ गते शुक्रवार गैँडाकोटस्थित होटल इलामा हुने भएको छ।
जिल्ला उद्योग वाणिज्य संघ गैडाकोटको अधिवेशनको मिति नजिकिएसँगै निकै चासोका रूपमा हेरिएको संघको नयाँ नेतृत्व चयन प्रक्रियाका लागि निर्वाचन समितिले औपचारिक रुपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन समितिका संयोजक जनकराज ढुंगानाका अनुसार निर्वाचन सम्बन्धी कार्यक्रम अन्र्तगत श्रावण ४ गते सोमबार बिहान १० बजे जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटको सचिवालयको सूचना पाटीमा मतदाता नामावली प्रकाशन गरिएको छ । तेस्तै उम्मेदवारी मनोनयन दर्ता श्रावण ५ गते मंगलबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म रहेको संयोजक ढुंगानाले बताउनुभयो ।
निर्वाचन तालिका अनुसार उम्मेदवारी उपर दावी बिरोध श्रावण ६ गते बुधवार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म रहेको छ भने दावी बिरोध उपर जाचबुझ र दोस्रो नामावली प्रकाशन श्रावण ६ गते नै दिउसो १ः३० बजे देखि अपरान्ह् ४ बजेसम्म रहेको छ । तेस्तै उम्मेदवारी मनोनयन फिर्तालिने श्रावण ७ गते बिहिवार बिहान १० बजे देखि अपराह्न ४ बजेसम्म रहेको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन श्रावण ७ गते नै अपराह्न ४ः३० बजे हुने निर्वाचन समितिका संयोजक ढुंगानाले बताउनुभयो ।
संघको चौथो अधिवेशनलाई सकेसम्म सर्वसम्मत बताउने पक्षमा रहेको बताउदै ढुंगानाले तेसैको लागी निर्वाचन सहजिकरण समिति बनाएको बताउनु भयो ।
सर्वसम्मत नभएका मतदान कार्यक्रमलाई अगाडि बढाउदै श्रावण ९ गते शनिवार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने संयोजक ढुंगानाले जानकारि दिनु भयो । निर्वाचन समितिका अनुसार मतदान हुने स्थान भने अहिले तय नभएको र पछि जानकारी गराइने छ साथै मतदान सम्पन्न भए पश्चात् मतगणना गर्ने र निर्वाचन परिणाम घोषणा तथा नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिने निर्वाचन कार्य तालिका प्रकाशन गरिएको छ ।