स्पेनलाई फिफा विश्वकप २०२६ को उपाधि 

२०८३ श्रावण ४ सोमबार ०७:२९:०० मा प्रकाशित

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको छ । न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेनले १६ वर्षको प्रतीक्षा अन्त्य ग¥यो । 

सन् २०१० पछि पहिलो पटक विश्वकप उचालेसँगै स्पेनले आफ्नो नयाँ पुस्ता विश्व फुटबलको नेतृत्व गर्न तयार रहेको स्पष्ट सन्देश पनि दिएको छ । प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा स्पेनले प्रतियोगिताभर सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेल्ने टोलीको परिचय दिएको थियो । बल नियन्त्रण, उच्च प्रेसिङ, तीव्र आक्रमण र अनुशासित रक्षाको मिश्रणले स्पेनलाई उपाधिसम्म पु¥यायो । 


फ्रान्सजस्तो दाबेदार टोलीलाई सेमिफाइनलमा प्रभावशाली रूपमा पराजित गरेपछि स्पेनले फाइनलमा पनि आफ्नो लय कायमै राख्यो, साविक विजेता अर्जेन्टिनालाई पराजित ग¥यो । फाइनलमा अर्जेन्टिना विरुद्ध निरन्तर अट्याकिङ फुटबल खेल्दै स्पेनले दर्जनभन्दा बढी अवसर बनाएको थियो ।