व्यवस्थापन समिति गठनमा असन्तोष प्रकट गर्दै लक्ष्मी माविमा तालाबन्दी 

२०८० जेठ ६ शनिबार १५:१४:०० मा प्रकाशित


नवलपुर । गैडाकोट नगरपालिका १५ अमरापुरीमा रहेको लक्ष्मी माविमा तालाबन्दी गरिएको छ । विद्यालय व्यवस्थापन समिति गठनमा अनियमितता भएको भन्दै प्राधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरिदिएको छ ।

बिद्यालय व्यवस्थापन समितीको अध्यक्षमा आफु खुशी वडा अध्यक्षलाई अध्यक्ष बनाएको भन्दै तालाबन्दि गरिएको हो ।

लक्ष्मी माविमा २०७९ साल जेठ महिनामा समयाअवधि सकिएको समिति गठनका लागि पटक पटक पहल भए पनि गत माघ महिनामा मात्र भेला भएर समिति गठनको प्रक्रिया अगाडि बढेको थियो ।

माघ महिनाको अभिभावकको भेलाले प्रत्यक्ष अभिभावकबाट २ पुरुष र २ महिला चयन गर्नु पर्नेमा महिला तर्फ विमला रिजाल र कमला चापागाईलाई टुंगाएको भए पनि पुरुष तर्फ भने २ भन्दा बढी आकांक्षी भएपछि माघ महिनाको भेलाले पनि समितिलाई पूर्णता दिन सकेको थिएन ।

पुरुष तर्फ २ जना सदस्य भेलाले टुंगाउनु पर्नेमा अन्तिममा आएर ४ जना आकांक्षी भएपनि सहमति जुटाउन नसकेको हो । त्यसमध्ये पटक पटक वैठक बसेर ४ जना बीच सहमति जुटाउन खोजे पनि सहमति जुटेको थिएन ।

४ जनाबीच सहमति नजुटपछि पनि मनोनित गर्नु पर्ने १ महिला र १ जना पुरुष सदस्य आफूहरुको सल्लाहा र सहमति वेगर मनोनित गरेको भन्दै समितिका आकांक्षी ४ मध्यका २ र अन्य अभिभावकले विद्यालयका प्रधानाधयापक मणिकण्ठ कंडेलको कार्यकक्षमा तालाबन्दी गरिएको निरज तिवारीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिमा प्रत्यक्ष अभिभावकबाट आउनु पर्ने २ जनामा प्रजापति कंडेल, निरज तिवारी, धनपति शर्मा र केशव विष्ट आकांक्षी छन् ।

४ जनाबीच अझै पनि सहमित जुट्न सकेको छैन । ४ जनाबीच निर्वाचन गरेर भए पनि २ जना छनौट गर्नु पर्ने आफूहरुको माग रहे पनि विद्यालय प्रशासनले त्यसो नगरेर सहमतिको नाममा समितिलाई पूर्णता नदिएको निरज तिवारीले आरोप छ ।


विद्यालयका प्रधानाधयापक मणिकण्ठ कंडेल, गैडाकोट १५ का वडाध्यक्ष प्रेमराज तिमिल्सिना र गैडाकोट नगर शिक्षा समितिका डा. बालकृष्ण चापागाईले आफूहरुले विद्यालयलाई अनिर्णयको बन्दी बनाइराख्नु भन्दा विद्यालयको अन्य कामकाग अगाडि बढाउन सहज हुने भएकोले ४ जना मध्येबाट आउने २ जनाको पद रिक्त राखेर २ जना मनोनित गरी अगाडि बढेको बताउनुभयो ।

४ जनाबीच सहमति नजुटेपछि बाधा फुकाउनका लागि नगर शिक्षा समितिलाई जिम्मा दिने निर्णय गरे अनुसार नगर शिक्षा समितिको सल्लाहामा आफूहरुले २ जनाको मनोतित गरेको प्रधानाध्यापक कंडेलले बताउनुभएको छ ।

यता निरज तिवारी सहितको टोलीले भने आफूहरुले त्यस्तो कुनै सहमति नगरेको निर्वाचनबाट टुंगाएर गएपछि मात्र मनोनयन गरेर जाने माग राखेको बताउनुभयो ।