“अझै पनि समाज किशोरीमैत्री छैन ।”

२०७९ चैत १५ बुधबार १५:३१:०० मा प्रकाशित



गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ ले आज किशोरी बहस कार्यक्रम गरेको छ । किशोरीहरुका चाहना, समाजको घेरा र कानुनको परिधिका विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै किशोरीहरुले बिद्यालयको पाठ्यक्रममा नै कानुनी बिषय जानकारी दिने शिक्षा समावेश हुनुपर्नेमा जोड दिएका थिए । 
विकासात्मक चरणमध्ये किशोरावस्था अत्यन्त महत्त्वपूर्ण र संवेदनशील अवस्था हो । किशोरीमैत्री समाज बन्न नसक्दा अफ्नो समस्या र आवश्यकता खुलेर अगाडि ल्याउन नसकेको स्वयम् किशोरीहरु गुनासो गर्छन् । किशोरीको चाहना, आवश्यकता र समस्याको बिषयमा समाज अझै संवेदनशिल हुन सकेको छैन् । युवा संञ्जाल गैँडाकोट १४ का अध्यक्ष अस्मिता पौडेल ।


हरेक दिन बढ्दै गएको यौन दुव्र्यवहार, बलात्कार लगायतका कारण किशोरीको जिवनशैलीमा पनि प्रत्यक्ष असर गरेको छ । नगर बाल सञ्जाल गैँडाकोटका अध्यक्ष आस्था घिमीरेलाई सामाजिक संचालजमा सुनिने महिला हिंसाका घटनाका कारण सहजै रुपमा हिँड्डुल गर्न र घुलमिल हुन डर लाग्छ । 

किशोरीको समस्या र आवश्यकता स्थानीय सरकारले पनि बुझ्न नसकेको गुनासो उनीहरुको छ । किशोरीमैत्री नगर बनाउन जनप्रतिनिधीहरु पनि जागरुप हुनुपर्ने बताउनुहुन्छ नगर युवा सञ्जालका सदस्य सुस्मिता भण्डारी ।

 

किशोर अवस्था,   बाल्य अवस्था र युुवा अवस्थाभन्दा विल्कुुलै भिन्न र जटिल अवस्था हो ।  किशोरावस्थाका आफनै खालका विशेष रुचि, अभिलाषा, प्राथमिकता, आवश्यकता, समस्या, बानी–व्यवहार, मनोवृत्ति आदिको सही ढंगले सम्बोधन र व्यवस्थापन गर्नका लागि स्थानीय तहमा अलग स्थान हुुन जरुरी छ भन्नुहुन्छ सप्तगण्डकी बहुमुखी क्याम्पसका साहायक प्रध्यापक तथा अधिवक्ता पवित्रा सुवेदी ।

घर, समुदाय, बिद्यालयमा किशोरिका अधिकार र उनिहरुमाथि हुने हिंसामा कानुनी उपचारका बारेर छलफल हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।