स्वतन्त्र भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाद्धारा व्हीलचेयर वितरण

२०८२ असोज ३१ शुक्रबार १८:०७:०० मा प्रकाशित

गैंडाकोट । स्वतन्त्र भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार गैंडाकोट–८ निवासी भूपू सैनिक तथा संस्थाका शेयर सदस्य अमर बहादुर क्षेत्रीलाई व्हीलचेयर वितरण गरेको छ ।


स्वास्थ्यमा समस्या भई हिँड्डुल गर्न कठिनाइ भएका क्षेत्रीलाई सहजता होस् भन्ने उद्देश्यले संस्थाको नीति अनुसार संस्थाका अध्यक्ष वेदवन्धु रेग्मी, उपाध्यक्ष, सचिव, लगायत पदाधिकारीहरूको उपस्थितिमा क्षेत्रीको घरमै पुगेर व्हीलचेयर वितरण गरिएको हो ।


सोही अवसरमा संस्थाका अध्यक्ष वेदवन्धु रेग्मीले संस्था केवल वित्तीय कारोबारमा मात्र सीमित नभई समाजका असहाय, विपन्न र अशक्त सदस्यहरूप्रति सहानुभूति र सहयोगका भावनासहित काम गर्दै आएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्य निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


त्यस्तै, सहयोग प्राप्त गरेका भूपू सैनिक अमर बहादुर क्षेत्रीले स्वास्थ्य समस्याका कारण हिँड्डुल गर्न निकै कठिन भइरहेको समयमा संस्थाबाट प्राप्त यो सहयोगले ठूलो सहजता प्रदान गरेको बताउँदै संस्थाको यो सहयोगले आफ्नो मनोबल बढाएको बताउनुभयो ।