सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज ७ हजार १०० रुपैयाँ बढेर तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको हो ।
यसैबिच, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।