दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

२०७९ चैत ८ बुधबार १२:४३:०० मा प्रकाशित

सुर्खेत । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे १ क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ९४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ट्रक सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख डीएसपी किशोर लम्सालले जानकारी दिए ।