डढेलो नियन्त्रणका लागि सचेतना ¥याली

२०७९ चैत ६ सोमबार १६:३०:०० मा प्रकाशित

गैँडाकोट । वन जङ्गलमा हुने डढेलो नियन्त्रणका लागि गैँडाकोटमा सचेतना ¥याली निकालिएको छ । 
‘वन जङ्गलमा डढेलो लाग्न नदिऔं, लागिहालेमा सम्पूर्ण उपभोक्ता मिली तुरुन्त निभाऔं’ भन्ने मूल नाराका सरंक्षणकर्मीहरुले गैँडाकोटमा सचेतना ¥याली निकालेका हुन् । गैँडाकोट १ बाट शुरु भएको ¥याली गैँडाकोट ५ स्थित नगरपालिकाको कार्यालय अगाडी आएर सकिएको थियो ।
¥यालीमा ‘वन डढेलो व्यवस्थापनमा सप्ताह सफल पारौं, वन प्रवेश गर्दा सलाई, लाइटर जस्ता सामाग्रीको प्रयोग नगरौं’, ‘वन जंगलमा डढेलो लाग्न नदिऔं, लागिहाले सबैजना मिलेर तुरुन्त निभाऔं’, ‘विना अनुमति वन प्रवेश नगरौं’, ‘वन जंगलको महत्त्वबारे सबैलाई जानकारी गराऔँ’, ‘वन संरक्षणमा सहभागी बनौं’ जस्ता नाराहरु लगाइएको थियो । 
¥यालीपछि आयोवित कोणसभामा सव डिभिजन वन कार्यालय गैँडाकोटका फरेस्टर दिनेश केसीले सव डिभिजन वन कार्यालय गैँडाकोटले गैँडाकोटमा रहेका सामुदायिक वनहरुसँग सहकार्य गरेर जनमानसमा सचेतना फैलाउनका लागि विभिन्न कार्यक्रमहरु गर्ने गरेको बताए । उनले वन जङ्गलमा डढेलो लाग्न नदिनका लागि आफै सजग हुनुपर्ने बताए ।  
जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टोलनाथ घिमिरेले सबै सामुदायिक वनहरुमा डढेलो लाग्नबाट बचाउनका लागि सबै उपभोक्ताहरु एकजुट भएर आफ्नो दायित्व पुरा गर्नुपर्ने बताए । 
सव डिभिजन वन कार्यालय गैँडाकोट, नारायणी सामुदायिक वन, मौलाकाली सामुदायिक वन, नन्दन सामुदायिक वन र जयश्री सामुदायिक वनको संयुक्त आयोजनामा सचेतना कार्यक्रम गरिएको हो । कोण सभाको सहजिकरण मौलाकाली सामुदायिक वनका कोषाध्यक्ष कमल कंडेलले गरेका थिए ।