दाउन्नेबाट दुईजना लागूऔषध सहित पक्राउ

२०७९ चैत ४ शनिबार १५:१९:०० मा प्रकाशित

नवलपुर । नवलपुरको दाउन्नेबाट प्रहरीले लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका २, दाउन्नेमा पश्चिमबाट पूर्वका लागि छुटेको  ना ७ ख २२७ नम्बरको बसमा चेकजाँच गर्दा लागूऔषध सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा   चितवन कालिका -७, पदमपुर बस्ने बर्ष २५ का कमल चौधरी र सोही स्थानबस्ने  बर्ष २३ का गोपी चौधरी रहेका छन् । उनीहरूको साथबाट प्रहरीले  फेनारागान १२३ एम्पुल, नोर्फिन १२३ एमपुल, डाइजापाम १२३ एम्पुल गरि जम्मा ३६९ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरी निरीक्षक विकास अधिकारीले बताउनुभयो ।