शारदानगर स्थित सहिद स्मारक कलेजमा स्ववियु निर्वाचन स्थगित

२०७९ चैत ४ शनिबार १५:०५:०० मा प्रकाशित

चितवन । चितवनको भरतपुर–१९ बखानपुर शारदानगर स्थित सहिद स्मारक कलेजमा स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले शनिबार प्रेस विज्ञप्ती जारी गरेर अर्को सूचना नआएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ ।

स्ववियु निर्वाचन समितिको आज बसेको बैठकको निर्णय अनुसार पूर्व प्रकाशित कार्यतालिका बमोजिम चैत ५ गते हुने भनिएको निर्वाचन सम्पन्न गर्न सम्भव नदेखिएकाले तत्कालका लागि स्थगित गरिएको निर्वाचन समिति संयोजक राजु रानाभाटले जानकारी दिनुभयो ।

स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद भएपछि निर्वाचन स्थगित गरिएको कलेजले जनाएको छ । कलेजले निर्वाचनका लागि अनुकुल वातावरण सिर्जना गर्न गराउन सम्पूर्ण विद्यार्थी संघ संगठन र सरोकारवालाई अनुरोध गरेको छ ।