परशुराम कुण्डसम्म सरसफाईमा सहयोग गर्न आह्वान 

२०७९ चैत ४ शनिबार १४:५४:०० मा प्रकाशित

चितवन । धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको चितवनको माडी १ स्थित परशुराम कुण्डसम्म जाने गोरेटो बाटो तथा कुण्ड सरसफाई गरिने भएको छ । ७ गते मंगलबार बिहान १० बजे गोद्धकमा भेला भई कुण्डसम्म सरसफाई गर्दै जाने कार्यक्रम तय गरिएको गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुल सिंङ गुरुङले जानकारी दिनुभयो । कुण्डसम्म जान खोला एवं चारकोसे झाडी पार गर्नुपर्ने भएकाले श्रद्धालु भक्तजनलाई सहजरुपमा जान आउन मिल्नेगरी झाडी सरसफाई एवं गारेटो मर्मत गर्न लागिएको उहाँले बताउनुभयो । त्यस्का लागि स्थानीयबासी, वडा सञ्जाल, टोलविकास, आमासमूह, युवा कल्ब सम्पूर्णलाई श्रमदान गरी सहयोग गरिदिन आग्रह गर्नुभयो । 

विगत २ वर्षदेखी कोभिडको प्रभावका कारण कुण्डसम्म आउजाउमा रोक लगाइएका कारण गोरेटा बाटो समेत भत्किएको एवं झाडीले पुरिएकोले मंगलबार सरसफाई हुने गोद्धक क्षेत्र विकास समितिका सदस्य रामजी सापकोटाले बताउनुभयो । 

गोद्धकमा यहि चैत्र १३ गतेदेखी १७ गतेसम्म भव्य गोद्धक राम चरित्रकथा यज्ञ हँुदै छ । प्रखरवाचक व्यासआचार्य गुरु चैतन्यकृष्णको मुखारविन्दबाट संगीतमय राम कथा वाचनसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता हुनेछन् । 

प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आÇनै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । ठूलो धार्मिक महत्त्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ ।