मौलाकालिका मन्दिरको साधारण सभा सम्पन्न

२०७९ फाल्गुण २९ सोमबार १८:०९:०० मा प्रकाशित

गैंडाकोट । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको ४३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मन्दिरका संरक्षक एवं १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले धर्म संस्कृती संरक्षण गर्दै अगाडि बढ्नु पर्ने बताए । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले मौलाकालिका गैँडाकोटको गहना भएको बताए । सल्लाहकार ज्ञानेन्द्रविक्रम महतले सबैको सहकार्यले यसलाई व्यवस्थित गर्न सकिने बताए । वडाअध्यक्ष सुरेन्द्र रेग्मीले वडाका तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।  
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले नेपाल सरकारबाट धार्मिक सेवा क्षेत्र यस मन्दिरको विकास र धार्मिक, पर्यटकीय विकासमा सबैसँगको सहकार्य गर्दै अगाडि बढेको बताए । उनले देश तथा विदेशमा समेत ख्याती प्राप्त यस मन्दिरले समाजमा अध्यात्मभाव जगाइ शान्तिपूर्ण समाजको परिकल्पना गरेको बताए । 
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका श्यामसुन्दर पराजुलीले संस्कृत गुरुकुलको अध्ययन÷अध्यापनका लागि काम, मन्दिरको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाइ अगाडी बढेको बताए । धार्मिक पुस्तकालय निर्माण लगायतका योजना बनाएर अगाडी बढेको उनको भनाइ छ । 
संस्थाका सह कोषाध्यक्ष नारायण प्रसाद सापकोटाले मन्दिरको विकासमा प्रत्यक्ष अप्रत्यक्ष टेवा पु¥याउने सबैलाई धन्यवाद दिदैँ ०७८÷०७९ आर्थिक वर्षमा १ करोड ८७ लाख ८३ हजार १ सय ८८ रुपैयाँ ३८ पैसा आम्दानी र खर्चतर्फ १ करोड ६३ लाख ३ हजार ४ सय २७ रुपैयाँ ६० पैसा रहेकोे बताए ।  
यस्तै २०७९ साउनदेखि हालसम्म १ करोड ४ लाख ९० हजार ५ सय ४० रुपैयाँ ५३ पैसा आम्दानी र खर्च ७२ लाख ९३ हजार ६ सय २० रुपैयाँ ९४ पैसा रहेको छ । हालसम्म ३ करोड ५ लाख ४१ हजार अक्षय कोषमा रकम जम्मा गरिएको उनले जानकारी दिए । 
आन्तरिक लेखा समिति सदस्य लालमणी पौडेलले लेखा समिति प्रतिबेदन प्रस्तुत गरेका थिए भने अनुगमन समितिको प्रतिबेदन समितिका संयोजक काशीनाथ कंडेलले प्रस्तुत गरेका थिए । 
गुरुकुलम्का संयोजक हरिप्रसाद सापकोटाले धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले शैक्षिक उन्नयन र आध्यात्मिक जागरण ल्याउने हेतुले गुरुकुलम् सञ्चालनमा ल्याएको बताए । हाल कक्षा ६ र ७ सञ्चालनमा रहेको छ भने २०८० का लागि कक्षा ८ को अनुमतिका लागि प्रक्रिया अगाडी बढाइएको बताउँदै हाल १९ जना बटुक अध्ययनरत रहेको जानकारी दिए ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष खगेन्द्रदास कँडेल खगराजले राखेका थिए । युवा वर्ग सँग हातेमालो गरेर धार्मिक समाज र शान्तिपूर्ण समाज निर्माणमा अगाडि बढेको बताए । यस मन्दिरको स्थापना २०३७ सालमा भएको थियो ।