माडीमा १३ गतेदेखी गोद्धक मेलामा राम कथा वाचन हुने

२०७९ फाल्गुण २८ आइतबार १८:४८:०० मा प्रकाशित

चितवन । धार्मिक एवं पुरातत्विक महŒव बोकेको चितवनको माडी नगरपालिका १ स्थित गोद्धकमा यहि चैत्र १३ गतेदेखि गोद्धक मेला एवं विराट राम कथा वाचन सुरु हँुदैछ । १३ गतेदेखी १७ गतेसम्म ५ दिनसम्म गोद्धक मेला एवं विराट राम कथा वाचन गर्ने तयारी गरिएको गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुलसिङ्ग गुरुङले जानकारी दिनुभयो । 

गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ नेपालका विभिन्न जिल्ला तथा भारतदेखि पनि दर्शानार्थी आउने गर्दछन । धार्मिक क्षेत्र गोद्धक परिसरमा यसवर्ष प्रखरवक्ता चैतन्यकृष्णको मुखारविन्दबाट राम कथा वाचन हुने गोद्धक क्षेत्र विकास समितिका सदस्य रामजी सापकोटाले जानकारी दिनुभयो । उहाँले १३ गते कलशयात्रा सहित भव्य कार्यक्रम हुने बताउनुभयो । सो का लागि १०५ सदस्यीय यज्ञ सम्पादन समिति गठन गरिएको बताउनुभयो । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने उहाँले बताउनुभयो ।

गोद्धक क्षेत्र विकास समितिका सचिव गंगा भुसालले नेपालका विभिन्न जिल्ला तथा भारतदेखि ठूलो सङ्ख्यामा दर्शानार्थी आउने हुँदा मेला ब्यवस्थित गर्न लागिएको जानकारी दिनुभयो । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवम् धार्मिक महत्व बोकेका क्षेत्र गोद्धक क्षेत्रमा प्रशस्तै छन् । मरोट क्षेत्र नजिकैको चौरमा मेला लाग्ने गर्दछ । परशुराम कुण्डमा स्नान गर्न आउने भक्तजनका लागि देउता खोला हुँदै कुण्डसम्म झाडी सरसफाई एवं सामान्य गोरेटो बनाउने उहाँले बताउनुभयो ।

गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ । परशुराम ऋषिले आÇनै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ ।

धार्मिक पुराताŒिवक महŒवका मूर्ति, इनार कुण्ड अवलोकन गर्न र विशेष पर्वहरुमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । ठूलो धार्मिक महत्त्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ । 

सो क्षेत्रमा पाँच पाण्डवहरु बसेको धार्मिक विश्वास रहेको छ । माडी नगरपालिका–१ मा पर्ने गोद्धक क्षेत्र पुग्न माडी–हुलाकी सडकखण्डअन्तर्गतको सेरूवा चोकबाट करिब तीन किलोमिटर पश्चिम लाग्नुपर्छ ।

गोद्धक क्षेत्रमा द्रौपती कुण्ड, परशुराम कुण्ड, युधिष्ठिरको छाता, प्राचीन राजा विराटको गोठ, पुराना मूत्र्ति, भीम इनारहरु रहेको छ । रिउ खोलाको दक्षिणमा रहेको सोमेश्वर पर्वतको पश्चिमतर्फको अन्तिम शिखरमा रहेको परशुराम कुण्डसमेत गोद्धक क्षेत्रमा पर्दछ ।

प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । मेलास्थलबाट भीम इनार अवलोकन गर्न तीन किलोमिटर तथा शिव मन्दिर दर्शन गर्न चार किलोमिटर पश्चिम लाग्नुपर्छ । 

श्रीरामले सीता मातालाई त्याग गर्दा पनि यसै देवता खोलाको किनारमा छोडेको र सीता माता शिव मन्दिरमाथि खोलाकिनारमा रहेको गुफामा रूँदै बिलौना गरेकोले सो गुफाको नाम सीता गुफा रहन गएको, सोही समयमा सीता माताको रक्षार्थ कुकुरनाथ, बिरालनाथको उपस्थिति रहेको र सीताजीको रोदन सुनेर वाल्मीकि ऋषि आई आफ्नो आश्रममा लगी संरक्षण दिएको, लवकुश जन्म भईसकेपछि अश्वमेध यज्ञमा छोडिएको घोडा लवकुश खेल्दै आउँदा उत्तर वाहिनी रेवा नदीको किनारबाट समाती वाल्मीकि आश्रम लगी बाँधेको जस्ता पौराणिक कथा धर्मग्रन्थमा उल्लेख गरिएको छ । त्रिवेणीधाम नजिक रहेको वाल्मीकि आश्रम समेत माडी नगरपालिका १ मा पर्दछ । 

त्यसैगरी, द्वापर युगमा पाण्डवहरु यसै क्षेत्रमा आई वनवास बसेका र पछि गुप्तवास बस्न विराटनगर गई छद्मभेषीरुपमा बसेको अवस्थामा विराट राजाका गाईहरू लुटेर कौरव पक्षले यसै मार्गबाट हस्तिनापुरमा लैजाँदै गर्दा अर्जुन विरण्डलाको रुपमा यहाँ आई बसेको भन्ने कथन छ, जहाँ अहिले गोद्धक मेला लाग्ने गर्छ । यसै मैदानमा घमासान युद्ध गरी विराट राजाका गाई छुटाएको स्थान भएकोले गाइका लागि गरिएको युद्ध “गौ युद्धक”बाट अपभ्रंस भई गोद्धक नाम रहन गएको धर्मशास्त्रहरुमा व्याख्या गरेको पाइन्छ ।

रामनवमीबाहेक यस स्थलमा शिवरात्रि, बालाचतुर्दशी र श्रावण महिना समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । लामो समय बस्ने गरी आउने भक्तजनका लागि बास बस्न शिवलि∙ मन्दिरसँगै सत्तलको व्यवस्था रहेको छ भने गोद्धक क्षेत्रमा करिब भक्तालु बस्न मिल्ने धर्मशाला तथा नजिकमा होमस्टे सञ्चालनमा रहेका छन् ।