नेपाल राष्ट्रिय शिक्षक संगठन गैँडाकोटको तेस्रो नगर परिषद् सम्पन्न 

२०७९ फाल्गुण १३ शनिबार १७:५७:०० मा प्रकाशित

गैँडाकोट । नेपाल राष्ट्रिय शिक्षक संगठन गैँडाकोटको तेस्रो नगर परिषद् सम्पन्न भएको छ । गैँडाकोट थुम्सीमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय कमिटी सचिव रामप्रसाद पोख्रेलले शिक्षकका हरेक माग पुरा गराउन संगठनले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो । 

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष बलराम रानाभाट, गैँडाकोट १४ का वडा अध्यक्ष कोकीसरा रानामगर, वुद्धिजिवी परिषद् नवलपुरका अध्यक्ष केशव घिमिरे, निवृत्त शिक्षक समाज नवलपुरका अध्यक्ष भागवत गौतम, शिक्षक महासंघ नवलपुरका जिल्ला सदस्य प्रजानाथ कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

नेपाल राष्ट्रिय शिक्षक संगठन गैँडाकोटका अध्यक्ष नवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सहिजकरण सचिव रोशन मल्लले गर्नुभएको थियो ।