वैवाहिक वर्षगाँठमा चेपाङ वस्तीमा सहयोग

२०७९ माघ १५ आइतबार १७:५२:०० मा प्रकाशित

चितवन । लायन्स क्लब अफ चितवन वाङ्मयले चेपाङ वस्तीमा न्यानो कपडा एवं खाद्यान्न वितरण गरेको छ । लायन्सकर्मीहरु भावना तिमिल्सिना (काब्य–लता) एवं लोकनाथ सापकोटाको ७ औँ वैवाहिक वर्षगाँठको अवसरमा सापकोटा दम्पतीले सहयोग गरेका हुन् । सो अवसरमा बलाङ्केट, न्यानो कपडा, बिस्कुट र भुजा वितरण गरिएको हो । 

कालिका नगरपालिका–१० सिद्धी स्थित सुन्दराङका अति विपन्न चेपाङ परिवारमा करिब एक लाख बराबरको न्यानो कपडा तथा बलाङ्केट वितरण गर्नुका साथै खाना खुवाइएको थियो । ३५ कुरिया रहेको गाउँका प्रत्येक घर परिवारलाई एक वटाका दरले बलाङ्केट, न्यानो कपडा, बिस्कुट र भुजा वितरण गरेको हो । 

लायन्स क्लब अफ चितवन वाङ्मयका अध्यक्ष रामहरी श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ आर नेपालका रिजन १८ का रिजन चेयर पर्सन युवराज सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा लायन्सकर्मीहरु डिस्ट्रिक प्रोग्राम चियर पर्सन हरिप्रिया रिजाल, सल्लाहकार कर्णेल धनबहादुर मास्की, प्रथम भाइस पर्सन लीला राना मास्की, कविहरु राजेन्द्र घायल, रोजिना लोहनी, सीता कंडेल, पुष्पा सापकोटा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगायतको उपस्थिती रहेको थियो ।

चेपाङ संरक्षण केन्द्रका संस्थापक के.पी.किरण शर्माले चेपाङवस्तीसँग सम्पर्क तथा व्यवस्थापन मिलाउन समन्वय गरेका थिए । कार्यक्रमको सहजिकरण लायन्स क्लब अफ चितवन वाङ्मयका सचिव राजेन्द्र पौडेलले गरेका थिए ।