एमालेको दसौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै

२०७८ असार १६ बुधबार ०८:३५:०० मा प्रकाशित

गैँडाकोट, असार १६ ।  नेकपा एमालेको दसौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । 

बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले  ज्ञवालीको भनाई छ । असन्तुष्ट पक्षले २०७५ जेठ २ मा फर्कनुपर्ने अडान नछाडेपछि अन्तत असार १८ गते सो मितिसम्म रहेका केन्द्रीय कमिटीको बैठक समेत बस्ने हिजोको स्थायी कमिटी बैठकले निर्णय गरेको ज्ञवालीले बताउनुभयो । 
हिजो पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र बिहीबार माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । 

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बनेको थियो । यद्यपि सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका थिए ।

माधव नेपाल पक्षका नेताहरुले भने सो बैठकमा सहभागी नहुने बताएका छन् ।