गैँडाकोटमा उद्यमशीलता विकासका लागि तालिम सुरु

२०७९ माघ १० मंगलबार १६:१३:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ४ मा उद्यमशिलता विकास तथा लैङ्गिक सचेतना सम्बन्धि ८ दिने तालिम सुरु भएको छ । मेडप्पाको सहयोग, गैँडाकोट नगरपालिकाको आयोेजनामा तालिम सञ्चालन गरिएको हो । 

स्थानीय स्रोत साधनको सदुपयोग गरौं, सिप सिकौँ, आम्दानीमा बृद्धि गराँै भन्ने नारा सहित तालिम सञ्चालन गरिएको गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले जानकारी दिनुभयो । तालिममा आफुले सिकेको सीपलाई कसरी उत्पादन गर्ने ? उत्पादित सामाग्रीलाई कसरी बजारीकरण गर्ने भन्ने कुरा सिकाउने उहाँले बताउनुभयो । 

८ दिने तालिम समापन पछि ३ महिने तालिम सुरु हुने छ । तालिममा गैँडाकोट ४ का ४५ जना गरिव तथा विपन्न परिवारका सदस्यहरुको सहभागिता रहेको छ । 

जयश्री सामुदायिक वनको सभाहलमा सुरु भएको तालिमको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले सिकेको सीपमा व्यवहारमा लागू गर्न आग्रह गर्नुभएको छ । 

कार्यक्रममा जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरे, संगीता घिमिरे, कमला तिवारी र कमला पराजुलीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।