गैँडाकोटको प्रहरी प्रमुखमा प्रहरी निरीक्षक रीता पौडेल   

२०७९ माघ १० मंगलबार १५:१३:०० मा प्रकाशित

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी प्रमुखमा प्रहरी निरीक्षक रीता पौडेल आउनुभएको छ ।

उहाँले सोमबारदेखी कार्यभार सम्हाल्नुभएको छ । नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय बर्दिया दरबन्दी भई नेपाल प्रहरी शिक्षालय (तालिम केन्द्र) भरतपुरमा कार्यरत प्रहरी निरीक्षक रीता पौडेल काज सरुवा भई गैँडाकोट आउनुभएको हो । 

इलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै प्रहरी निरीक्षक पौडेलले यस क्षेत्रको शान्ति सुरक्षामा कुनै कमि हुन नदिने बताउनुभयो । प्रहरी निरिक्षक पौडेलले समुदाय प्रहरी साझेदारीमा नै शान्ति सुरक्षासँगै विकृति न्यूनिकरणमामा ध्यान दिने बताउनुभयो । आईपिइस तालिम प्राप्त प्रहरी निरीक्षक पौडेलले गैँडाकोट लागुऔषधको मुख्य नाकाको रुपमा देखिएको बताउँदै त्यसलाई रोक्न प्रहरी प्रशासन लाग्ने बताउनुभयो । 

यसअघि इलाका प्रहरी कार्यालय गैँडाकोटमा कार्यरत प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेपाल प्रहरी शिक्षालय (तालिम केन्द्र) भरतपुर सरुवा भएको छ । 

यसैबीच नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्कीका प्रहरी बरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोईरालाले इलाका प्रहरी कार्यालय गैँडाकोटको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । मंगलबार निरीक्षणपछि उहाँले आवश्यक निर्देशन दिनुभएको छ ।