राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुरको कार्यालय उद्घाटन 

२०७९ माघ ५ बिहीबार १९:०१:०० मा प्रकाशित

गैँडाकोट । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुरको कार्यसमितिको कार्यालय उद्घाटन गरिएको छ । गैँडाकोट नगरपालिका १६ नम्बर वडामा एक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश विजिको प्रमुख अतिथ्यतामा सो कार्यालय उद्घाटन भएको हो । उहाँले कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुर जिल्लाको उज्जवल भविष्यको कामना गर्नुभएको छ । लोक दोहोरीलाई समयसापेक्ष परिष्कृत गर्दै, समाजका यथार्थ चित्रण गरि समाज सुहाउदो बनाउदै जानुपर्नेमा उहाँको जोड रहेको छ । 
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरेले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको भवन निर्माण गर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले भन्नुभयो – “कार्यालय उद्घाटन गरेका छौँ । अब भवन निर्माण हाम्रो जोड रहनेछ ।” 
कार्यलय उद्घाटन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुरका संस्थापक अध्यक्ष अम्बरविरही गुरुङ लगायतका सर्जक एवं कलाकारको उपस्थिति रहेको थियो । 
नवलपुर शाखामा हाल २७ जना सदस्य रहेका छन । लोकदोहोरी सर्जक, गायक, गायीकाका हितका लागि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुरले काम गर्दै आएको प्रतिष्ठानका प्रबक्ता बिक्रम पौडेलले जानकारी दिनुभयो ।