जलुकेद्वारा विजय एफएम सम्मानित 

२०७९ पौष २३ शनिबार १९:०८:०० मा प्रकाशित

गैँडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लिमिटेड गैँडाकोटले विजय एफएम १०१.६ लाई सम्मान गर्दै प्रशंसा–पत्र प्रदान गरेको छ ।


संस्थाको २१ औँ साधारण सभाको अवसरमा अवसरमा विजय एफएमले संस्थाको संस्थागत विकास एवम् संस्थाले विगत लामो समयदेखि खानेपानी तथा सरसफाई सम्बन्धि सचेतनामूलक वक्तृत्वकला कार्यक्रम, उपभोक्तासँग सम्बन्धित साक्षरात्मक कार्यक्रमहरु संस्थासँगको सहकार्यमा सञ्चालन गरी आम उपभोक्तालाई सु–सुचित गराउँदै आएको भन्दै प्रशंसा पत्रले सम्मान गरिएको हो ।

 

समारोहमा विजय एफएम १०१.६ का स्टेसन म्यानेजर श्रीधर उपाध्यायले प्रशंसा पत्र ग्रहण गर्नुभएको थियो ।


जलुके खानेपानी तथा सरसफाई संस्थाको सहकार्यमा विजय एफएम १०१.६ ले सुरक्षित पानी, स्वस्थ जिन्दगानी कार्यक्रम गर्दै आएको छ । यस्तै संस्थाले समुदायमा गर्ने विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि विजय एफएमको सहकार्यमा गर्दै आइरहेको छ ।