दोलखामा एमालेका शिवाकोटीको अग्रता, कार्की १५ सय मतले पछि

२०७९ मङ्सिर १८ आइतबार ०७:४४:०० मा प्रकाशित

दोलखा । दोलखामा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ । ३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाउनुभएको छ ।

माओवादीका गंगा कार्कीले १४ हजार ७११ मत पाउनुभएको छ । शिवाकोटी १५०३ मतले अगाडि हुनुहुन्छ । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि हुनुहुन्थ्यो । 

निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।