२०२० मतान्तरले नवलपुर १ मा काँग्रेसका डा. शशांक कोईराला निर्वाचित
नवलपुर । डा. शशांक कोइराला नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा चौंथो पटक निर्वाचित हुनुभएको छ ।
गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका नेता शशांक कोइराला नवलपुर १ मा चौंथो पटक निर्वाचित हुनुभएको हो । उहाँ २०२० मतान्तरले विजयी हुनुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम मत परिणाम अनुसार कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३ सय ५ मत प्राप्त गर्नुभयो ।