समानुपातिकतर्फ पाँच दलले कटाए १ लाख मत (सबै दलको ताजा मतसहित) 

२०७९ मङ्सिर ८ बिहीबार १२:५०:०० मा प्रकाशित

नवलपुर । प्रतिनिधि सभा समानुपातिकतर्फ पाँच दलले १ लाख मत कटाएका छन् । 

नेकपा (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख मत कटाएका हुन् । 

ताजा मतगणना अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ५ लाख ४३ हजार ६७६ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली काँग्रेसले ५ लाख ६ हजार ९५३ मत प्राप्त गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ८० हजार ५०६ मत प्राप्त गरेको छ । एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)÷नेपाल समाजवादी पार्टी) ले २ लाख ५० हजार ६६३ मत प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख ४९ हजार ७७५ मत प्राप्त गरेको छ । 

अन्य दलहरुले अहिलेसम्म १ लाख मत कटाउन सकेका छैनन् । 


हेर्नुहोस् समानुपातिकतर्फ सबै दल र प्राप्त ताजा मतपरिणाम 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) – ५४३६७६
नेपाली काँग्रेस – ५०६९५३
राष्ट्रिय स्वतन्त्र पार्टी – २८०५०६
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी) – २५०६६३
राष्ट्रिय प्रजातन्त्र पार्टी – १४९७७५
जनता समाजवादी पार्टी, नेपाल – ६३४८९
नेपाल मजदुर किसान पार्टी – ५१०९७
नागरिक उन्मुक्ति पार्टी – ३७७१०
जनमत पार्टी – ३६०५७
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) – ३५२९६
हाम्रो नेपाली पार्टी – २१४३१
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल – २०२१८
राष्ट्रिय जनमोर्चा – १३९१५
मंगोल नेशनल अर्गनाइजेशन – १०६४६
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) – ५९२०
राष्ट्रिय जनमुक्ति पार्टी – ५६२४
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी ) – ४५२९
नेपाल संघीय समाजवादी पार्टी – ३७७२
जनता प्रगतिशिल पार्टी, नेपाल – ३२३७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल – ३१६५
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – ३१४८
नेपालका लागि नेपाली पार्टी – २५५७
आमूल परिवर्तन मसिहा पार्टी नेपाल – १७२३
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – १६५१
नेपाली काँग्रेस (बी.पी.) – १६४८
नेपाली जनता दल – १५२९
नेपाल कम्युनिष्ट पार्टी – १३६३
नेपाल लोकतान्त्रिक पार्टी – १३०८
बहुजन एकता पार्टी नेपाल – १२३५
जनसमाजवादी पार्टी, नेपाल – १०५४
एकीकृत शक्ति नेपाल – ९९६
मितेरी पार्टी नेपाल – ९३४
जनजागरण पार्टी नेपाल – ९१८
पिछडावर्ग निषाद दलित जनजाति पार्टी – ८८५
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी) – ८८१
नेपाल जनता पार्टी – ८५६
विवेकशील साझा पार्टी – ८०६
मौलिक जरोकिलो पार्टी – ८०५
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) – ६३२
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी – ५८६
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल – ५६०
नेपाल समावेशी पार्टी – ४५२
नेश्नलिष्ट पिपल्स पार्टी – ४४५
बहुजन शक्ति पार्टी – ४०४
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन – ३९२
तराई मधेश लोकतान्त्रिक पार्टी – ३८३
राष्ट्रिय नागरिक पार्टी – २७७