गैँडाकोट दशँै रमाइलो मेला भोलीबाट सञ्चालन हुँदै 

२०७९ असोज ११ मंगलबार १९:३३:०० मा प्रकाशित


गैँडाकोट ।  गैँडाकोट दशै रमाइलो मेला २०७९ सञ्चालन  हुने भएको छ । गैँडाकोटमा असोज ९ गते देखि सुरु गर्ने भनिएको गैँडाकोट दशै रमाइलो मेला २०७९ सञ्चालन गर्न प्रशासनसंग आवश्यक प्रक्रिया बाँकी रहेको हुँदा केही दिन ढिलाई भएको थियो ।

अन्ततः प्रशासनले मेला आयोजना गर्न स्वीकृति दिएको छ । प्रशासन, स्थानीय र आयोजक बीच भएको छलफलपछि अन्ततः मेला भोलीबाट संचालनमा आउने भएको छ । स्वास्थ्य एवं सुरक्षाका मापदण्डहरु पालना गर्ने लगायतका मापदण्डमा रहेर मेला गरिने भएको छ । मेलाको भोली बुधबार समुद्घाटन हुने भएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा मेलाको समुद्घाटन हुने आयोजकले जनाएको छ । 

मेलामा व्यापारिक स्टलहरु, बाल उद्यानको ब्यवस्था, रोटे पिंग, ब्रेक डान्स, खानाका परिकारका स्टलहरु, कृषि उत्पादनका स्टलहरु रहने तथा कलाकारहरु प्रमोद खरेल, भिटेन, क्षवाङ लामा, ज्योती मगर, मिलन नेवार, प्रकास सपुत, प्रिती आले, पुस्कल शर्मा, अस्मिता अधिकारी, निशान भट्टराई लगायतका कलाकाहरु आउने कार्यक्रम रहेको छ ।