देवचुली माविकी सविना विकलाई लेखापाल लक्ष्मी पुडासैनीद्धारा छात्रबृत्ति प्रदान 

२०७९ असोज ६ बिहीबार १८:५३:०० मा प्रकाशित

गैँडाकोट । देवचुली माध्यमिक विद्ययालयका लेखापाल लक्ष्मी पुडासैनीले १० कक्षामा अध्ययनरत बिद्यार्थी सविना विकलाई छात्रवृत्ति दिने बताउनुभएको छ । देवचुली माध्यमिक विद्ययालयमा अध्ययनरत छात्र सविना विकको घरको आर्थिक अवस्था कमजोर भएकाले पढाईमा कुनै असर नपरोस भनेर उहाँले छात्रवृत्तिकोे अवसर प्रदान गरेको बताउनुभयो । देवचुली माध्यमिक विद्ययालयमा प्राविधिक र व्यवसायिक विषय अन्तरगत सिभिल समूहमा सविना विक अध्ययनरत हुनुहुन्छ । आफ्नो जन्मदिनको अवसरमा पुडासैनीले छात्रवृत्ति सहयोगको घोषणा गर्नुभएको हो । उत्कृष्ट नतिजा ल्याएको खण्डमा आगामी वर्षमा पनि छात्रवृत्तिलाई निरन्तरता दिने पुडासैनीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रसाद न्यौपाने, सदस्य गोविन्द शर्मा, प्रधानाध्यापक नारायाणप्रसाद भण्डारी, सहायक प्रधानाध्यापक विश्वराज पौडेल, विभागीय प्रमुखहरु सावित्री खरेल, दिपराज रेग्मी, राजु केसी र दिवस थापाको उपस्थितिमा छात्रबृत्तिको घोषणा गर्नुभएको हो ।