जनमुखी आदर्श कलेजद्वारा विद्यार्थीलाई अभिमुखी करण 

२०७९ असोज ५ बुधबार १७:२४:०० मा प्रकाशित


गैँडाकोट । गैडाकोट १५ अमरापुरीमा  रहेको जनमुखी आदर्श कलेजले बिद्यार्थीहरुलाई अभिमुखीकरण गरेको छ । कलेजले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा विएड र वि.वि.एसका बिद्यार्थीलाई अभिमुखीकरण गरेको हो ।

प्रध्यापक संघ इकाई सभापति रामजी आचार्यले गुणस्तरिय शिक्षाका लागि कलेज सधँै प्रतिवद्ध रहेको बताउनुभएको छ । क्यापस प्रमुख केशवप्रसाद घिमिरेले शिक्षा नै जिवनको ज्योति भएकाले पढाइमा हेलचक्रयाँइ गर्न नहुने बताउनुभयो ।

शिक्षा तथा व्यवस्थापनका विभागिय प्रमुख यज्ञ सुवेदी, रोशन भट्टराई, परीक्षा प्रमुख प्रेमप्रसाद पौडेल, विद्यार्थी कल्याणकारी मञ्चका अध्यक्ष रहनु भएको थियो । कलेजका प्राध्यापक तुलसी गौतमले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।