गैँडाकोट नगरपालिकाद्वारा तेक्वान्दो म्याट हस्तान्तरण

२०७९ असोज ५ बुधबार १७:१९:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिकाले करिब साढे दुई लाख बराबरको तेक्वान्दो म्याट हस्तान्तरण गरेको छ । गैँडाकोट तेक्वान्दो डोजाङ्गलाई बुधबार गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले म्याट हस्तान्तरण गर्नुभएको हो ।

म्याट हस्तान्तरण गर्दै अधिकारीले गैँडाकोटमा तेक्वान्दो खेलको प्रवद्र्धनमा नगरले भूमिका खेल्ने बताउनुभयो ।

गैँडाकोट नगरपालिकामा ५ सय तेक्वान्दो खेलाडी रहेको गैँडाकोट तेक्वान्दो डोजाङ्गको प्रतिनिधि एवं खेलका प्रशिक्षक राजु भूषालले बताउनुभयो । भुसालले नगरपालिकाले खेलको लागि कवड हलको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।