नवलपुर १ मा रजहरका राजन गौतमको नाम सिफारिस

२०७९ असोज ३ सोमबार १९:२८:०० मा प्रकाशित


नवलपुर । नवलपुर क्षेत्र नम्बर १ बाट रजहरका राजन गौतमले उम्मेद्वारी दिने हुनुभएको छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले राजन गौतमको नाम सिफारिस गरेको छ । मंसिर ४ गतेहुने प्रदेश र प्रतिनिधी सभाको निवार्चनमा नवलपुरबाट गौतमलाई सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । 

देवचुली कलेज रजहरको क्याम्पस प्रमुख रहनुभएका गौतमले शिक्षण पेशाबाट राजिनामा दिएर उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले युवा प्रतिभा तथा युवा उद्यमी सञ्जालको केन्द्रीय उपाध्यक्ष, रजहर जेसिज २०२० का अध्यक्ष रहेर काम गर्नुभएको छ ।  राष्ट्रलाई भष्ट्राचार शून्य र सुशासन कायम गर्ने माउनीति राजनिती भएकाले पनि आफुले उम्मेदवारी घोषणा गरेको गौतमले बताउनुभयो ।