गैँडाकोटमा यात्रुबाहक बस दुर्घटना 

२०७९ असोज १ शनिबार १९:०३:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा यात्रुबाहक बस दुर्घटना भएको छ । पूर्व पश्चिम राजमार्गको गैँडाकोट ४ स्थित टाइम फर्मास्युटिकल्स नजिक गैँडाकोट ५ तर्फ बस दुर्घटना भएको हो । नारायणगढबाट कावासोती जाँदै गरेको ना ७ ख १७७ नम्बरको सिटी बस अनियन्त्रित भइ सडक किनारमा पल्टिएको हो । यात्रुहरुलाई सामान्य चोट बाहेका ठूलो क्षति नभएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।