यस्तो छ, नवलपुरमा मतदाता, मतदान स्थल र केन्द्र (विवरणसहित)

२०७९ असोज १ शनिबार १६:४२:०० मा प्रकाशित

प्रेम क्षेत्री, 
गैँडाकोट । निर्वाचन आयोगले शनिबार प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । मंसिर ३ गते सम्म १८ वर्ष पुरा भएका मतदाताको नामावलीसँगै मतदान स्थल, मतदान केन्द्र, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन क्षेत्र संख्या सार्वजनिक गरेको हो ।   

सार्वजनिक गरिएको विवरण अनुसार नवलपुरमा जम्मा मतदाता २ लाख ६० हजार ४६१ जना रहेका छन् । जिल्लामा २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाभर पुरुष मतदाता १ लाख २४ हजार ३३६, महिला मतदाता १ लाख ३६ हजार १२१ र अन्य मतदाता ४ गरी जम्मा २ लाख ६० हजार ४६१ जना रहेका छन् । जिल्लामा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र कायम गरिएको छ । 

प्रतिनिधि सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नम्बर १ मा ५७ मतदान स्थल र १५३ मतदान केन्द्रबाट १ लाख ३१ हजार १८१ जनाले मतदान गर्न पाउने छन् । यहाँ पुरुष मतदाता ६२ हजार ५९६, महिला मतदाता ६८ हजार ५८४ र अन्य मतदाता १ जना रहेका छन् । 

प्रतिनिधि सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नम्बर २ मा ५६ मतदान स्थल र १४९ मतदान केन्द्रबाट १ लाख २९ हजार २८० जनाले मतदान गर्न पाउनेछन् । यहाँ पुरुष मतदाता ६१ हजार ७४०, महिला मतदाता ६७ हजार ५३७ र अन्य मतदाता ३ जना रहेका छन् । 

प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नम्बर १ (१) मा पुरुष मतदाता ३० हजार ४५५, महिला मतदाता ३३ हजार ८० गरी जम्मा मतदाता ६३ हजार ५३५ जना रहेका छन् । यहाँ २७ मतदान स्थलमा ७२ मतदान केन्द्र रहने छन् । 

प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नम्बर १ (२) मा पुरुष मतदाता ३२ हजार १४१, महिला मतदाता ३५ हजार ५०४ र अन्य मतदाता १ गरी जम्मा मतदाता ६७ हजार ६४६ रहेका छन् । यहाँ मतदान स्थल संख्या ३० र मतदान केन्द्र संख्या ८१ कायम गरिएको छ ।  

प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नम्बर २ (१) मा पुरुष मतदाता ३० हजार ९४३, महिला मतदाता ३३ हजार ५७४ र अन्य मतदाता १ गरी जम्मा मतदाता ६४ हजार ५१८ जना रहेका छन् । यहाँ मतदान स्थल संख्या २८ र मतदान केन्द्र संख्या ७५ रहेको छ ।  

प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नम्बर २ (२) मा पुरुष मतदाता ३० हजार ७९७, महिला मतदाता ३३ हजार ९६३ र अन्य मतदाता २ जना गरी जम्मा मतदाता ६४ हजार ७६२ जना रहेका छन् । यहाँ मतदान स्थल संख्या २८ र मतदान केन्द्र संख्या ७४ वटा रहने छन् ।