गुणस्तरीय शिक्षामा सधै प्रतिवद्ध एस.पि.एम कलेज 

२०७९ भदौ ३१ शुक्रबार १६:२०:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश सापकोटाले एस.पि.एम कलेजको शैक्षिक गुणस्तर र यसको विकासको लागि सहयोग गर्ने बताउनुभएको छ । गैँडाकोट २ मा रहेको सूर्यभक्त पतनादेवी मेमोरियल कलेज ( एस.पि.एम) को बिद्यार्थी परिषदले आयोजना गरेको कक्षा ११ का बिद्यार्थीलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले बिद्यालयले शैक्षिक गुणस्तरमा निकै फड्को मारेको बताउदँै आगामी दिनमा प्राविधिक शिक्षाका लागि पनि अगाडी बढ्न आग्रह गनुभयो । 

कार्यक्रममा बोल्दै एस.पि.एम कलेज व्यवस्थापन समितीका अध्यक्ष महेन्द्रभक्त अधिकारीले शुलभ मुल्यमा शिक्षा लिन पाउनु भनेर हरेक बिद्यार्थीलाई मध्यनजर गरेर नै गैँडाकोटमा पहिलो सामुदायिक कलेज स्थापना गरेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि कलेज सधै प्रतिवद्ध रहेको बताउनुभएको छ ।

त्यस्तै कलेजका प्रधानध्यापक दिपेन्द्र पौडेलले कलेजको भौतिक विकासको लागि गण्डकी प्रदेशबाट ५० लाख र गैँडाकोट नगरपालिकाबाट ३५ लाख रुपैँया विनियोजन भएको बताउदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो ।  

बिद्यार्थी परिषदका अध्यक्ष प्रेम वि.क ले पारिवारीक वातावरणमा सिकाइ हुने भएकाले पनि एस.पि.एम कलेज अन्य भन्दा फरक र बिषेश रहेको बताउनुभयो । 

कार्यक्रममा गैँडाकोट २ का वडा सदस्य खगराज आचार्य, शिक्षक गोविन्द रिमाल, माधवप्रसाद सिग्देल, शिवजी अधिकारी, कक्षा  ११ का शिक्षक सिता कंडेल लगायतले शुभकामना मतव्य राख्नुभएको थियो । बिद्यार्थी परिषदका सचिव सौरभ न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कक्षा १२ का छात्र सरन सुनारले गर्नुभएको थियो ।