बिहीबार राती गैँडाकोट पम्पिङ्ग खानेपानीको आपुर्ति बन्द हुने

२०७९ भदौ २९ बुधबार १६:५६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वितरण हुँदै आएको पानी बिहीबार राती आपुर्ति बन्द हुने भएको छ । 

गैँडाकोट वडा नम्बर ४ स्थित कार्यालयनजिक खानेपानीको मेन पाईप लाईन मर्मत गर्न लागिएकोले खानेपानी आपुर्ति बन्द रहने उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

३० गते राति ९ बजेदेखि ३१ गते बिहान ११ बजे सम्म खानेपानी आपुर्ति बन्द रहने उहाँले बताउनुभयो । साथै उहाँले उपभोक्ताहरुलाई खानेपानी भण्डार गरी प्रयोग गर्न आग्रह गर्नुभएको छ ।