जनमुखी आदर्श कलेजको आधार : विज्ञापन हैन शिक्षाको गुणस्तर

२०७९ भदौ २८ मंगलबार ११:०३:०० मा प्रकाशित


रामजी आचार्य,
नेपालको मध्य भाग गैँडाकोट नगरी अनि नेपाल कै शिक्षा र स्वास्थ्यको राजधानी  चितवनबाट १५ कि.मि. पश्चिममा सुन्दर, शान्त वातावरणमा एउटा शैक्षिक संस्था जन्मेको छ जनमुखी आदर्श कलेज । ‘गाउँमै बसौँ गाउँमै पढौँ’ भन्ने अभिप्रायले सुरूमा यहाँका शिक्षा क्षेत्रमा चासो राख्ने व्यक्तिहरू मिलेर छोरी, बुहारी बजार गएर पढ्ने वातावरण नभएका  सबैलाई एउटा निजी भएपनि स्नातक कलेज खोल्ने अवधारणा ल्याउनुभयो । जुनबेला म पर्वतको पैँञ्यु बहुमुखी कलेजमा प्रध्यापन गर्थें । त्यसमा मेरो पनि सहमति र सहभागिता थियो । पछि समुदायले सामुदायिक कलेज नै चलाउने सुझाव दिएपछि जनमुखी आदर्श कलेज  सामुदायिक रूपमा सञ्चालन गर्ने निर्णय भयो । तर कहाँ चलाउने भन्ने लामो छलफलपछि  बिहानी सत्रमा लक्ष्मी मा.वि.मा चलाउने निर्णय भयो तर नामका सम्बन्धमा केही असहमति पनि भयो । (त्यसको लागि प्रस्तावित लक्ष्मी मा.वि राख्न पनि सकिने सहमति भयो ।) जग्गाको व्यवस्थापन नहुँदासम्म त्रि.वि.बाट आउन सक्ने बजेट पनि नपाउने भएपछि समुदायले लक्ष्मी मा.वि.को केही जग्गा कलेजको नाममा भोगाधिकार प्रदान पनि भयो । हाल लक्ष्मी मा.वि.बाट आजीवन भोग गर्ने गरी कलेजले जमिन प्राप्त गरेपछि त्रि.वि. अनुदान आयोगबाट प्राप्त रकम र अन्य विभिन्न सहयोगमा भवन निर्माण गरेर आफ्नै भवनमा कक्षा सञ्चालन गरीरहेको छ ।
गैँडाकोट नगरपालिकाभित्र चार सामुदायिक कलेज रहेका छन् । साविक गैँडाकोटभन्दा पश्चिममा स्नातक अध्ययन गर्न विद्यार्थीलाई धेरै नै कठिनाइ थियो । स्नातक तह पढाइ हुने क्याम्पस नहुँदा साविक अमरापुरी, रजहर, मुकुन्दपुरका विद्यार्थी पढ्न कै लागि भरतपुर जानुपर्ने बाध्यता थियो ।  विरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी क्यम्पसमा बिहानी सत्रमा अध्ययन गर्न ट्रकको साहरा लिनुपर्ने बाध्यता थियो । कतिपयले यस्तै समस्याको कारण उच्च शिक्षाको चाहना पूरा गर्न पाएका थिएनन् । अहिले आफ्नै गाउँमा बि.बि.एस., बि.एड.अध्ययापन हुने कलेज सञ्चालनमा आएपछि बाहिर जानुपर्ने बाध्यता हटेको छ । स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि जनमुखी आदर्श कलेज सञ्चालनमा छ । जनमुखी आदर्श साच्चिकै जनमुखी छ, र आदर्श बन्ने र आदर्श नागरिक तयार गर्ने लक्ष्यमा अगाडि बढेको छ । कलेजमा शान्त वातावरणमा दक्ष र अनुभवी शिक्षक मार्फत पठनपाठन हुने  गरेको, कलेजमा विद्यार्थीका लागि लाइबेरी, खेलमैदान, क्यान्टिन लगायत अन्य आवश्यक सेवा सुविधाहरु उपलब्ध छ । यो क्षेत्रका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भरतपुर जानुपर्ने बाध्यता थियो । आफ्नै घर ठाउँमा अध्ययन गर्दा कोठा भाडा, गाडी भाडा लगायत अन्य खर्चको समेत बचत हुने, एक÷डेढ घण्टाको यात्रा गरेर कलेज जाँदा समयको समेत बचत नहुने अहिलेको अवस्थामा यहाँ अध्ययन गरेपछि बचत समय अन्य काममा सदुपयोग गर्न सकिने छ । कलेज स्थापना पछि साविक अमरापुरी, रजहर, मुकुन्दपुरका विद्यार्थी लाभान्वित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा रहेको नेपालकै केन्द्रमा रहेको जनमुखी आदर्श कलेज २०६५ मा स्थापना भएको हो । सुरूमा लक्ष्मी मा.वि.का कक्षाबाट पठन पाठन गरेको यस कलेजको हाल आफ्नै भवनमा पठन पाठन सुचारू छ । सुरूमा अनेक आरोह अवरोह पार गरेर अगाडि बढेको कलेजमा अहिले यस क्षेत्रका विद्यार्थीले रोजाइ बनेको छ । कलेजमा पढ्ने विद्यार्थीले व्यवस्थापन र शिक्षा संकाय रोजेर पढ्न पाउँछन् । स्थापनाकालदेखि नै कलेजले नेपालको शैक्षिक क्षेत्रमा आफूलाई अब्बल स्थानमा राख्न सफल हुँदै आएको छ । कलेजहरु आफ्नो कलेजमा विद्यार्थीहरु आकर्षण गर्नका लागि प्रायजसो सबै कलेजले ठुलो धनराशी खर्च गरेर विभिन्न माध्यममार्फत विज्ञापन गर्ने गर्छन् । जनमुखी आदर्श कलेज यसको अपवाद भएको छ । हामीलाई विज्ञापनमा हैन शिक्षाको गुणस्तरमा विश्वास   छ । यस कलेजबाट पास भएका विद्यार्थीहरुले बाहिरी शैक्षिक क्षेत्र, बैंक र अन्य क्षेत्रमा देखाएको क्षमताले नै कलेजको स्वभाविक प्रचार गरेको छ । 
हाम्रो कलेज पढेर गएका विद्यार्थीको बजारमा छुट्टै विशिष्ट पहिचान छ, हामीले विज्ञापन गर्ने लगानी बरु विद्यार्थी र कलेजको गुणस्तरका निमित्त खर्च गर्ने गर्छौँ । सामुदायीक कलेज भएकाले यसमा समुदायको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । यसमा प्रशासन, प्रध्यापक तथा समुदायको आ–आफ्नो ठाउँबाट योगदानले मात्रै हामीले नतिजा हासिल गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । सोही मान्यतालाई सही ढ∙ले कार्यान्वयन गर्दा नै हामीले सफलता हासिल गरेका छौँ । सामुदायिक कलेज भएकाले यो नाफामुखी हुने कुरै भएन । विद्यार्थीको सुविधाको लागि हामीकहाँ शुल्क छुट पाउने वा छात्रवृत्ति प्राप्त गर्नका लागि सबै विद्यार्थीलाई खुल्ला छ । विद्यार्थीले गर्ने प्रगति र उसले आन्तरिक परीक्षाहरुमा प्राप्त गर्ने नतिजाका आधारमा शुल्क छुट वा छात्रवृत्तिको सुविधा प्राप्त गर्न सक्छन् गरिब तथा जेहेन्दार छात्रवृत्ति कलेजले उपलब्ध गराउँदै आएको छ । स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि कलेज अब्बल बनेको छ । कलेजमा शान्त वातावरणमा दक्ष र अनुभवी शिक्षक मार्फत पठनपाठन हुने, कलेजमा विद्यार्थीका लागि लाइबेरी, खेलमैदान, क्यान्टिन लगायत अन्य आवश्यक सेवा सुविधाहरु उपलब्ध छ । यो क्षेत्रका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भरतपुर जानुपर्ने बाध्यता थियो । आफ्नै घर ठाँउमा अध्ययन गर्दा कोठा भाडा, गाडी भाडा लगायत अन्य खर्चको समेत बचत हुने, एक/डेढ घण्टाको यात्रा गरेर कलेज जाँदा आर्थिक, भौतिक र समयको समेत बचत नहुने अवस्था थियो । अहिलेको अवस्थामा यहाँ अध्ययन गरेपछि  गाडीको भाडाले अध्ययन खर्च पुग्छ जसले आर्थिक बचत, समयको बचत गरेर त्यसलाई अन्य काममा सदुपयोग गर्न सकिने वातावरण बनेको छ । कलेज स्थापना पछि साविक अमरापुरी, रजहर, मुकुन्दपुरका विद्यार्थी लाभान्वित भएका छन् । अझ गुणस्तरीय शिक्षा दिन, प्रतिस्पर्धामा अब्बल बनाउन समुदायको सकरात्मक सुझाव आवश्यक छ । यहाँको आवश्यकता र माग अनुसार थप कार्यक्रम ल्याउनका लागि कलेज विमर्श तथा अध्ययनमा लागि रहेको छ । यसका लागि सबैको साथ, सहयोग, सकरात्मक सुझावको अपेक्षा राखेका छौँ ।
(लेखक रामजी आचार्य जनमुखी आदर्श कलेज गैँडाकोट १५ अमरापुरीका प्राध्यापक एवं सोही क्याम्पसका प्राध्यापक संघ इकाइ समिति सभापति हुन् ।)