नेपाली लेखक संघ चितवनको आयोजनामा अपहरण संवाद कार्यक्रम 

२०७९ भदौ १२ आइतबार १८:१४:०० मा प्रकाशित


चितवन । चितवनमा आज अपहरण संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कथाकार भरतकुमार शर्माको अपहरण कथा संग्रहभित्र संग्रहित १२ वटा कथामाथि पाठकीय समीक्षा गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गदनै नेपाली लेखक संघ चितवनका अध्यक्ष सुरेन्द्र अस्तफलले “हैन म मिष्टर बिन” र “नभेटिएको हिरा भेटिंदा” कथामाथि टिप्पणी गर्नुभएको थियो । साहित्यकार गणेश श्रमणले “धर्मले नसिकाएको कर्म”, स्रष्टा मिना रिमालले “खरानीमा फुलिरहेको मखमली” आकास पौडेलले “बाँचे हाँस्न पाइन्छ ”, स्रष्टा नवराज ढुङ्गानाले “दलीय यात्रामा नागबेली जीवन ”, कथाकार वसन्त पराजुलीले “तन कता कता मन त उहीँ हो ”, उपन्यासकार सिम्रन क्षेत्रीले “चिट पनि उहीँ पट पनि उहीँ ” स्रष्टा रामकृष्ण अनायासले “पुत्रमोहका जिजिविषा ” प्राध्यापक हेरम्बकुमार असीमले “घरकी बत्ती ”,  स्रष्टा निर्दोष जीवनले “मेरो सानो घर ”, संघका सचिव लेखराम सापकोटाले फाली फुस्केको हलो माथि समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका मुख्य वक्ताहरू कृष्णमणि पहारी र रमेश प्रभातले गर्नुभएको थियो । सामाजिक र समसामयिक गतिविधिमा आधारित विषयवस्तुले कथामा प्राथमिकता पाएको छ । सबैको मन छुने उत्कृष्ट कथासंग्रह बन्न सफल भएकोमा वक्ताहरूले धन्यवाद टक्य्राएका छन् । कार्यक्रममा उठेका जिज्ञासामाथि कथाकारले प्रष्ट पार्नुभएको थियो ।