युनिकले सार्वजनिक गर्यो ‘युनिक बाल तीज गीत’

गैँडाकोट । नेपाली नारिरहरुको माहान पर्व हरितालिका तिजको अवसरमा युनिक इङलिस बोर्डिङ स्कुल, गैंडाकोट १६ ले ‘युनिक बाल तीज गीत’ शिर्षकको चेतना तथा जानकारी मुलक तिज गीत सार्वजनिक गरेको छ । आइतबार आफ्नै युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो।
गीतमा रुपा पाण्डेको शब्द संकलन, प्रनिसा रानाभाट र ग्रीसश्मा थापा र आर्या भट्टराई तथा समस्त छात्राहरु को स्वर, सीता भण्डारीको लय संकलन, मन्दिप कोइरालाको एरेन्ज, सोफिन बरालको कोरियोग्राफी र राम प्रसाद शर्माको निर्देशन रहेको छ भने आकेन्जल स्टुडियो ले श्रब्यदृश्य निर्माण गरेको छ ।
यसरी बिधालयले जानकारी मुलक गीत निर्माण गरेको नवलपरासिमै पहिलो उदाहरण भएको बिधालयका प्रबन्ध निर्देशक सीता भण्डारीले दावी गर्नुभएको छ।
त्यस्तै बिधालयका प्रिन्सिपल राम प्रसाद शर्माले बालबालिकाहरुलाइ नैतिकताको ज्ञान सिकाउदै असल नागरिक बनाउने, सम्पुर्णमा हाम्रो देश प्रतीको उत्तरदायित्व बहन गराउदै रास्ट्रप्रेमको भावन जागृत गराउने, बाल क्लवलाइ परिचालन गरि नानिबाबुहरुमा भएको प्रतिभा र क्षमता उजागर गर्ने र नेपाली सस्कृतिको संरक्षण गर्दै नेपालि उखान टुक्काबारे जानकारी दिने उद्देश्यले यश गीतको निर्माण गरिएको बताउनुभयो ।