विजय एफएम १९औँ वर्षमा प्रवेश, गैँडाकोटको गौरव र स्थानीयको साझेदार  

२०७९ भदौ ६ सोमबार १७:२१:०० मा प्रकाशित

गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ १९औँ वर्षमा प्रवेश गरेको छ । 
‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तिकरणको मूल आधार’ भन्ने भावसहित २०५७ सालमा परिकल्पना गरिएको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित जिल्लाकै पहिलो र बढी प्रसारण क्षमता रहेको रेडियो हो । यसले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सबैको पहँुच विस्तारका लागि विगत १९ वर्षदेखि अनवरतरुपमा रेडियो तरंग मार्फत सेवा पु¥याउँदै आएको छ । यस यात्रामा विपन्न समुदायको आवाज, समावेशी आवाज र विकासका लागि सञ्चारको भूमिकाका रूपमा काम गर्दै आएको छ । यसको अर्को पाटोका रुपमा विजय खबर पत्रिका रहेको छ । 
संस्थाका अध्यक्ष डा.भूमिराज चापागाईंले रेडियोलाई यस स्थानसम्म ल्याई पु¥याउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन् । साथै उनले जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिवद्ध रहेको बताएका छन् । 
यस सञ्चार माध्यमले शिक्षा, स्वास्थ्य, वित्तीय शिक्षा, विकास र सुशासन, मनोरञ्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैङ्गिक हिंसाको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविचलित भई सशक्तरूपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको उनले बताए । 
विजय एफएमको गौरवमय १९औँ वार्षिकोत्सवको अवसरमा विजय विकास स्रोत केन्द्रको सभाहलमा आयोजित शुभकामना आदानप्रदान एवं स्थानीय विकासमा रेडियोको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सामुदायिक रेडियो विजय एफएमले समाजका आवाज बोलिरहेको बताएका थिए । नगरप्रमुख अधिकारीले समाजका समस्या, सम्भावना र विविध विषयलाई उठाइरहेको महशुस गरेको बताए । नागरिकलाई रेडियो कै माध्यमबाट नगरपालिकाका काम, सूचना पनि नागरिकलाई जानकारी गराउन सकिने हुनाले सहकार्य गरेर अगाडी बढ्ने उनको भनाई थियो । उनले अहिले केहि सञ्चार माध्यम र पत्रकार गलत बाटोमा हिडेको बताउँदै उनले सधैँ नागरिकको बनेर अगाडी बढ्न सुझाव दिएका थिए ।  
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरउपप्रमुख शान्ती कोइरालाले गैँडाकोटमा विजय एफएम हुनु भनेकै गौरवको विषय भएको बताइन् । विजय एफएमले समाजमा सूचना र सञ्चारका माध्यमबाट पु¥याएको योगदान महत्त्वपूर्ण रहेकाले सबैका लागि गौरव बनेको बताइन् । विजय सबैका लागि साझा चौतारी बनेको र सबैलाई शितलता दिओस् भन्ने शुभकामना समेत व्यक्त गरिन् । उनले हरेक व्यक्तिले कर्तव्य बिर्सेर अधिकार मात्र खोजिरहेकाले समाजमा विवाद आउने भन्दै अधिकारसँगै कर्तव्य पूरा गर्न सबैलाई आग्रह गरिन् उनले समाजलाई विभाजन गर्नै नभई एकता बनाउने खालका विषयबिज्ञसँग कुराकानी गरेर विजयले काम गर्नुपर्ने सुझाव दिएका थिइन् । 
विजय सामूदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष खेमराज सापकोटाले कठिन परिस्थितीको सहारा नै रेडियो बनेको बताए । उनले भुकम्प होस् वा कोभिडका समयमा रेडियो अभिभावक बनेर सबैलाई उत्प्रेरणा र साहस दिने काम गरेको बताए । विकास र सञ्चारका लागि रेडियो आवश्यक रहेको बताउँदै विजयले विकृति उजागर गरेर समाजलाई सुसंस्कृत गराउने काम गरिरहेको बताएका थिए । उनले विकासका गतिविधि बेरोजगारलाई रोजगारी कहाँ पाउछन् ? उद्यम बन्न चाहनेले उद्यम कहाँ सिक्न पाउछन् ? स्थानीयका दैनिकी र जीवनसँग जोडिएर सञ्चार गर्न आवश्यक रहेको बताए । 
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले लोकतन्त्र कायम गर्न र सुशासनका लागि सञ्चार माध्यमको अह्म भूमिका रहेको बताए । उनले देश विकासका लागि सकरात्मक माहौल बनाउनुपर्ने बताए । सेवाग्राहीका गुनासा सुन्न र सुनाउन पनि रेडियोको भूमिका हुने उनको भनाई थियो । साथै उनले नगरपालिकाले तथ्याङ्क छिट्टै व्यवस्थापन गर्न करिब १० महिना भित्र छुट्टै युनिट बनाउने पनि बताए ।  
विजय एफएमको प्रवर्धक संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले समाजलाई सुसुचित गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन विजय एफएमले महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । विभिन्न कठिन समयमा श्रोताको साथमा रहेर सूचना र जानकारी उपलब्ध गराउन विजयको महत्त्व रहेको गैतमको भनाई थियो । उनले सबैसँग विकासमा साझेदार बनेर अगाडी बढ्न विजय परिवार तयार रहेको पनि बताइन् । 
प्रवर्धका संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले रेडियोले सकारात्मक कुरालाई ध्यान दिन आवश्यक रहेको बताए । शिक्षा र स्वास्थ्यलाई विशेष महत्त्व दिदैँ अगाडी बढे समाज विकास हुने उनको भनाई थियो । उनले हरेक क्षेत्रको व्यवस्थापन र तथ्याङ्क राख्न प्रेरित गर्नुपर्ने बताए । विजय एफएम समुदायको आधार भएकाले समूदायका मानिसका आवश्यकता अनुरुपका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले आलु लगाउने समयमा कृषि विज्ञका कुरा, बिरामी हुँदा वा कोभिड लाग्दा स्वास्थ्यकर्मीका कुरा, विपद्मा उत्साह र जागरणका कुरा समुदायले खोजीरहेको बताए । 
पत्रकार महासंघ नेपाल नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले आफ्नो अनुभव सुनाउँदै विजय एफएममा आवद्ध भएकै कारण आज पत्रकारको हकहितका लागि आवाज उठाउने संस्था पत्रकार महासंघको अध्यक्ष बन्न सक्षम भएको बताए । एफएममा आवद्ध हुँदा गरेका कामहरु र श्रोताको विश्वास र माया कहिल्यै नभुल्ने उनको भनाई थियो । उनले रेडियो बाचे सबैलाई रेडियोले बचाउने हुँदा रेडियो बचाउने सबैको दायित्व भएको बताउँदै स्थानीय तहले सोहि अनुसार सहकार्य गर्नुपर्ने बताए । 
संस्थाका संस्थापक सचिव एवं सल्लहकार तथा विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवप्रसाद सापकोटाले पत्रकारिता संवेदनशिल क्षेत्र भएकाले सोचेर, बुझेर मात्र पत्रकारिता गर्नुपर्ने बताए । रेडियो महत्त्वपूर्ण हँुदा हँुदै पनि यसबाट जाने गलत सूचनाले समाज विभाजन ल्याउने हुँदा सचेत हुनुपर्ने बताए । रेडियोका माध्यमबाट लोकतन्त्र र सुशासन स्थापना भएका उदाहरण पेश गर्दै स्थानीय सरकारले साझेदारी गरे सबैको भलो हुने बताए । जतिबेला अप्ठ्यारो पर्छ त्यतिबेला आवाजहरु दवाइन्छन तसर्थ त्यतिबेला रेडियोको भूमिका महत्त्वपूर्ण हुने र बढ्ने उनको भनाई थियो । चाहे १० बर्षे शसस्त्र द्वन्द्वमा होस्, भुकम्पमा होस्, चाहे बाढि पहिरो, नाकाबन्दि, कोभिड हरेक बिषम परिस्थीतिमा सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका खेलेको सापकोटाले बताए । उनले रेडियोको महत्त्व जनप्रतिनिधिले बुझ्न र आफ्नो ज्ञानलाई निखार्न आवश्यक रहेको बताए ।  
कार्यक्रममा गैँडाकोट १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले समाजलाई समुन्नत बनाउन रेडियोले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले समाजका विकृति हटाई सचेतना फैलाउन विजय एफएमको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । 
गैँडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले विजय एफएमको वार्षिकोत्सवको दिन गैँडाकोटबासीकै लागि हर्षोल्लासको दिन भएको बताए । विजय एफएम आफ्नो बाल्यकालदेखिकै साथी भएकाले पनि विशेष लाग्ने उनको भनाई छ । गैँडाकोटलाई समृद्धिको बाटोमा अघि बढाउन विजय एफएमले भूमिका खेलेको र खेल्ने विश्वास व्यक्त गरे । रेडियोको आज पनि उत्तिकै महत्त्व रहेकाले अझै परिमार्जन भएर अगाडी बढ्न सुझाव दिए ।  
गैँडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले विजय एफएमसँगको सहकार्यका कारण गैँडाकोट ३ मा धेरै काम भएको बताए । विजय एफएमबाट रिपोर्टिङ भएपछि सरोकारवालालाई काम गर्न झक्झकाएको स्मरण गरे । पहिले पनि सहकार्य गरेको र आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्ने उनको भनाई थियो । 
गैँडाकोट ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले विजय एफएमले समाज रुपान्तरणका लागि समाजलाई नियाल्दै समाजकै लागि काम गरिरहेको बताए । उनले समग्र नगरको विकासका लागि विजय एफएमले अग्रणी भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा सहकार्य गरिने बताए ।  
गैँडाकोट ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले विजय एफएमले समग्र नवलपुर र छिमेकी जिल्लामा अग्रणी भूमिका निर्वाह गरिरहेको बताए । उत्कृष्ट काम गर्दै अगाडी बढेको विजय एफएममा स्थापना कालदेखि नै जोडिन पाउँदा खुसी व्यक्त गरे । उनले विपद्मा होस् वा अन्य समयमा विजय एफएमले कुनाकाप्चाका आवाज बजाउँदै आएको बताए ।  
गैँडाकोट ६ का वडाध्यक्ष शुभाष चापागाईंले विपन्न र आवाज विहिनका आवाज उठाउने काम विजय एफएमले गरिरहेको बताए । उनले बिहान उठ्ने बित्तीकै रेडियो सुन्ने हुनाले सत्य तथ्य र सकारात्मक सामग्री प्रशारण गर्न आग्रह गरे । जसले दिनलाई सकारात्मक बनाउन सहयोग गर्ने उनको भनाई थियो । विकासको संवाहकका रुपमा रहेको विजय एफएमले खबरदारी गर्ने, सचेतना दिने काम गर्दै समय सापेक्ष आफुलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । साथै युवाहरुलाई समेटेर कार्यक्रम गर्न आग्रह गर्दै हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । 
गैँडाकोट ७ का वडाध्यक्ष होमनाथ सापकोटाले विजय एफएम समुदायको आवाज बनेर अगाडी बढेको बताए । उनले समुदायका आवाज समेट्दै अगाडी बढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गरे ।  
गैँडाकोट ९ का वडासदस्य एवम् विधायन समिति सदस्य ज्ञानप्रसाद खनालले नगरपालिकाका प्रत्येक वडाको विश्लेषण गरेर अगाडी बढ्नुपर्ने सुझाव दिए । साथै समुदायको आवाज बनेको विजय एफएमले सचेतनामुलक र समुदायका समस्या केन्द्रित भएर काम गर्नुपर्ने बताए । 
गैँडाकोट १० का वडाध्यक्ष देविदत्त कँडेलले जहाँ समस्या छ, त्यहा विजय एफएम पुगेको बताए । नवलपुरकै गौरवको रुपमा रहेको विजय एफएम समय परिस्थिति अनुसार अगाडी बढाउन सुझाव दिए । साथै उनले आवाज विहिनको आवाजका रुपमा समाजमा बेग्लै छवि बनाउन सकोस् भनि शुभकामना व्यक्त गरे । 
गैँडाकोट ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले समाजका लागि रेडियोको महत्त्व बढी रहेको बताए । उनले समाज र नागरिकलाई सरोकारवालासँग जोड्ने महत्त्वपूर्ण कडि बनेर अगाडी बढ्न आग्रह गरे ।  
गैँडाकोट १२ का वडाध्यक्ष चक्रपाणी कँडेलले समुदायका आवाज र समस्याका लागि सञ्चारको महत्त्वपूर्ण भूमिका हुने हुनाले हातेमालो गरेर अगाडी बढ्ने बताए । विजय एफएमलाई शुभकामना दिदैँ उनले प्रगतिको कामना गरे ।  
गैँडाकोट १३ का वडाध्यक्ष मधुकर मल्लले विजय एफएमले नारायणी सफाइ, मध्यवर्ती क्षेत्रका स्थानीयका समस्या, सामाजिक चासोका विषयमा ध्यान दिन आवश्यक रहेको र उनीहरुको आवाज समेट्न आग्रह गरे । विजय एफएम समुदायको बनोस् भन्ने शुभकामना व्यक्त गरे । 
गैँडाकोट १४ का वडाध्यक्ष कोकीसरा राना मगरले विजय एफएमले विपन्नको आवाज बनेर, सामाजिक विषयमा चासो दिएर काम गरेको बताइन् । उनले अबका दिनमा महिलालाई राजनीति र जनप्रतिनिधिमा प्रतिनिधित्व बढाउन सचेतनात्मक काम रेडियोले गर्नुपर्ने बताइन् । आत्मविश्वास बढाउने, सचेतना फैलाउने काम गरेर समाजमा छुट्टै छबि बनाउन सकोस् भन्ने कामना गरिन् । साथै उनले रेडियो सबैको विश्वास र भरोसाको माध्यम भएकाले सत्य तथ्य सामग्री बुझेर मात्र काम गर्न सुझाव दिइन् । 
गैँडाकोट १५ का वडासदस्य देवी अधिकारीले सबैका आवाज समेटेको विजय एफएमले आगामी दिनमा पनि सूचना प्रवाहका लागि यसैगरि काम गर्नुपर्ने बताइन् । उनले जनताको सारथी बनेकोमा शुभकामना व्यक्त गरिन् ।
गैँडाकोट १७ का वडा सदस्य डिल्लिराम सापकोटले समस्या पहिचान र समस्या समाधानमा सरोकारवालाको ध्यानाकर्षण गराउने दरिलो माध्यम रेडियो बन्न सक्ने हुनाले सोहि अनुरुप अगाडी बढ्न आग्रह गरे । 
संस्थाका अध्यक्ष डा.भूमिराज चापागाईंले रेडियो र आवाजका माध्यमबाट जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिवद्ध रहेको बताउँदै स्थानीय विकासका सन्दर्भमा स्थानीय सरकार र सञ्चारमाध्यम एक भएर अगाडी बढ्न आवश्यक रहेको बताए ।  
संस्थाका सचिव गिरिराज लम्सालले कार्यक्रमको सहजीकरण गर्दै रेडियोले जनचासो र जनसवालसँग सम्बन्धि विभिन्न कार्यक्रम उत्पादन गरेर सञ्चारमाध्यमबाट प्रसारण गर्दै सचेतना फैलाउने काम गरिरहेको बताउँदै अझै निरन्तरता दिने बताए । 
संस्थाका उपाध्यक्ष रामहरी शर्माले सबैको आवाज विजय एफएफले जनप्रतिनिधि र सरोकारवालाका सुझावलाई मनन गर्दै अगाडी बढ्ने बताए । उनले सामाजिक विषयलाई उठाउने रसरोकारवालालाई झकझकाउँदै अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।