हुप्सेकोटमा विपत व्यवस्थापनका लागि एक करोड बजेट 

२०७९ श्रावण २३ सोमबार १२:४३:०० मा प्रकाशित


नवलपुर । हुप्सेकोट गाउँपालिकाले विपत व्यवस्थापनका लागि एक करोड रुपयाँ विनियोजन गरेको छ । पालिकामा आइपर्ने विपत व्यवस्थापनका लागि सो बजेट विनियोजन गरिएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मि पाण्डेले बताउनुभयो । 

गाउँपालिकामा बिशेषगरि पहिरो जाने र बाढिको जोखीम बढि रहेको छ । अहिलेको बर्खामा पालिकामा खासै समस्या नआएको बताउदैँ पाण्डेले समस्या आएमा त्यसका लागि पूर्वतयारी रहेको विजय एफएमलाई बताउनुभयो । विपत व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री पनि तयारी अवस्थामा रहेको उहाँको भनाई छ । 

गतबर्ष पालिकामा पहिरो र बाढीले धेरै क्षेती पुराएको थियो । बढी र पहिरोको जोखीममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा सार्ने देखी राहात वितरणको काम पनि पालिका बाट भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।