अनेम संघ गैँडाकोटको अध्यक्षमा चेतना अर्याल चयन 

२०७९ श्रावण २३ सोमबार ०८:१४:०० मा प्रकाशित

गैँडाकोट
अखिल नेपाल महिला संघ गैँडाकोट नगर कमिटीको दोस्रो नगर अधिवेशनले चेतना अर्यालको अध्यक्षतामा ७३ सदस्यिय कमिटि गठन गरिएको छ । आइतबार फेमिलि क्याफे गैँडाकोटमा भएको अधिवेशनले अर्यालको अध्यक्षतामा कमिटि गठन गरेको हो । 
अध्यक्ष बाहेकका अन्य पदाधिकारीमा भने आंकाक्षी धेरै भएपछि सहमति जुटन सकेको छैन । छलफल र सहमतिका लागि प्रयास जारी रहेको निर्वाचन समिति संयोजक देवकला बरालले जानकारी दिनुभयो । यस्तै आइतबार नै सर्बसम्मत अध्यक्ष बन्नुभएकी  नवनिर्वाचित अध्यक्ष चेतना अर्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो । 
सपथ ग्रहण पश्चात बोल्दै उहाँले महिलाहरु राजनितिमा अब्बल रहेको बताउनुभयो । उहाँले पहिले र अहिलेको कमिटि र सम्पूर्ण महिलालाई एकजुट गराउदैँ सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभएको छ । अव प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा अखिल नेपाल महिला संघको अझै धेरै भूमिका बढ्ने उहाँको भनाई छ ।