गैँडाकोटका कांग्रेस नेता खरेल भूमि व्यवस्था जिल्ला समितिको अध्यक्षमा चयन 

२०७९ श्रावण २२ आइतबार १९:३०:०० मा प्रकाशित


गैँडाकोट । नेपाली कांग्रेसका नेता तारापति खरेल भूमि व्यवस्था जिल्ला समिति नवलपुरको जिल्ला अध्यक्षमा नियुक्त हुनुभएको छ । 

नेपाल सरकारको मन्त्रिपरिषद्को साउन १९ गते निणर्य अनुसार राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दफा ८ को उपदफा १ को खण्ड क बमोजिम राष्ट्रिय भूमि आयोग भूमि व्यवस्था जिल्ला समिति नवलपुरको जिल्ला अध्यक्षमा नियुक्त हुनुभएको हो ।