विकूमा कर्मचारीबीचको खेलकुद प्रतिस्पर्धा   

२०७९ श्रावण २१ शनिबार १५:४२:०० मा प्रकाशित

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३२ औँ वर्षीकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुदमा प्रतिस्पर्धा गरेका छन् । वार्षिकोत्सवका कार्यक्रम अनुसार आज चम्चा दौड, मोटरसाइकल स्लो, फुटबल प्रतियोगिता सम्पन्न गरेको हो । 
फूटबलमा विकू हर्कपुर क्षेत्र विजयी

फुटबल प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ विकू हर्कपुर क्षेत्र विजयी भएको छ । कावासोती पूर्व र पश्चिममा रहेका सेवा केन्द्रगरी क्षेत्र विभाजन गरी खेलाईको थियो । पुरुषतर्फ भएको खेलमा कावासोती क्षेत्रका विधान पोखरेल र हर्कपुर क्षेत्रका विनोद आलेले निर्धारित ६० मिनेटको खेलमा १/१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा हर्कपुर क्षेत्रले ४–३ गोल अन्तरले विजयी भएको हो । 
महिला कर्मचारी समूहतर्फ विकू कावासोती क्षेत्र र हर्कपुर क्षेत्रबीच भएको प्रतिस्पर्धामा विकू हर्कपुर क्षेत्र २–० गोलअन्तरले विजयी भएको हो । प्रिया सिंह ठकुरी र निशा घिमिरेले १–१ गोल गरेका थिए । 


चम्चा दौड 
त्यस्तै चम्चा दौड प्रतियोगितामा बिना महतो विजेता हुनुभएको छ भने चिन्तामणी न्यौपाने उपविजेता बन्नुभएको हो । प्रतियोगितामा ६४ जना कर्मचारीले सहभागिता जनाएका थिए । 
स्लो बाइक प्रतियोगिता 

विकू साकोसका कर्मचारीबीच भएको स्लो बाइक प्रतियोगितामा राजकुमार कुमाल विजेता बन्नुभएको छ । उपविजेता भने विनोद आले हुनुभएको छ । प्रतियोगितामा ४२ जना कर्मचारीले सहभागिता जनाएका थिए । 


नृत्य प्रतियोगिता 
त्यस्तै कर्मचारीबीच भएको नृत्य प्रतियोगितामा खिमा पाइजा थापा प्रथम हुनुभयो, अम्वीका लामा द्वितिय, सुनिता हमाल तृतिय र सिता थनेत थारुले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको हो ।  विजय सामुदायिक शिक्षा सदनको सभाहलमा भएको नृत्य प्रतिस्पर्धामा १० जनाले प्रतिस्पर्धा गरेका थिए ।  निर्णयकहरुमा भने सरिना पौडेल भट्टराई र सन्दिप परियार रहनुभएको थियो । 


यसअघि प्रतियोगितात्मक कार्यक्रमको उद्घाटन गर्दै गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले विकू समुदायको रोजाई बन्दै गइरहेको बताउनुभयो । उहाँले वित्तीय र गैर वित्तीय क्षेत्रमा ठूलो योगदान रहेको महशुस गरेको बताउनुभयो । 
विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले सहकार्यले मात्र समाज बन्ने हुनाले सबैले सहकार्यको भावना राखेर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले विकू सदस्यमैत्री र प्रबिधिमैत्री रहेको बताउँदै पालिका लगायत विभिन्न संघ संस्थासँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । 
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै वार्षिकोत्सव तयारी समितिका संयोजक यमुनाथ आचार्यले विभिन्न १० बढी कार्यक्रम गरेर विकूले वार्षिकोत्सव मनाइरहेको बताउनुभयो । 
यस्तै साउन ३० र ३१ गते स्कुल स्कुलमा विकू कार्यक्रम सञ्चालन रहेका विद्यालयहरुमा हाजिरी जवाफ प्रतियोगिता, भदौ १ गते कावासोती, गैँडाकोट र टाँडीमा ट्राफिक सचेतना, भदौ २ गते देवघाट बृद्धाश्रममा र मध्यविन्दु अस्पतालमा बृद्ध तथा बिरामीलाई फलफूल र खाना वितरण, भदौ ३ गते गैँडाकोटदेखि चितवनपर्सासम्म मोटरसाइकल प्रभातफेरी, भदौ ४ गते हर्कपुर र कावासोतीमा बिहान ७ बजेदेखि रक्तदान, भदौ ५ गते म्यूजिकल चियर, समापन समारोह बर्णमाला विमोचन, पुरस्कार प्रदान र सोही दिन साँझ दीप प्रज्ज्वलनको कार्यक्रम हुने सचिव प्रेमप्रसाद सापकोटा राजुले जानकारी दिनुभयो ।