गैँडाकोटमा साढे २ वर्षकी बालिका बेपत्ता, नालीमा परेर बगाएको आशंका 

२०७९ श्रावण १६ सोमबार १२:१०:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा साढे २ वर्षकी बालिका बेपत्ता भएकी छन् । अविरल वर्षाका कारण गैँडाकोट १ शुभटोलमा नालामा परेर बालिका बेपत्ता भएकी हुन् ।  भेलसहितको नालामा परेको हुन सक्ने भन्दै स्थानीयले खोजी जारी राखेका छन् । विहान पौने ११ बजेबाट बालिका बेपत्ता भएकी छन् । घर अगाडिको पानी बग्ने नाला नजिक बालिकाको चप्पल भेटिएपछि नालाले बगाएको हुन सक्ने आशंकामा खोजी कार्य तीव्र पारिएको स्थानीय कृष्ण सापकोटाले विजय एफएमलाई बताउनुभयो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नालाको पानी पुग्ने गैँडाकोट १, २ र ४ मा समेत खोजी तीव्र पारिएको छ । साढे २ वर्षकी बालिका सहारा श्रेष्ठ रहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार श्रेष्ठको परिवार केही महिना अघिदेखि मात्र गैँडाकोट १ को शुभटोलमा बस्दै आएका थिए ।