गैँडाकोट नगरपालिकाको बेरुजू ९ करोड बढी

२०७९ श्रावण ८ आइतबार १६:१३:०० मा प्रकाशित


गैँडाकोट । गत चार वर्षको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले गैँडाकोट नगरपालिकको बेरुजु बढेको देखाएको छ । गैँडाकोट नगरपालिकामा हालसम्म ९ करोड १९ लाख ८५ हजार रुपैयाँ बेरुजू देखिएको छ । गतवर्ष भन्दा गैँडाकोट नगरपालिकाको बेरुजू बढेको छ । 
महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७६÷०७७ सम्म ४ करोड १५ लाख १८ हजार बेरुजू रहेको थियो । आर्थिक वर्ष ०७७÷०७८ को ५ करोड ४२ लाख ४४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको बेरुजु समेत समायोजन र सम्परीक्षणबाट फछ्र्यौट एवम् आर्थिक वर्ष ०७७÷०७८ को ५ करोड ४२ लाख ४४ हजार रुपैयाँ बेरुजू गरी ९ करोड १९ लाख ८५ हजार रुपैयाँ रहेको छ । 
महालेखापरीक्षकको प्रतिवेदन अनुसार नगरपालिकामा आर्थिक वर्ष २०७७÷०७८ मा ५ करोड ४२ लाख ४४ हजार बेरुजु रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा २ करोड ६० लाख २ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५÷०७६ मा ५ करोड ९९ हजार र आर्थिक वर्ष २०७४÷०७५ मा १ करोड ४२ लाख ६० हजार रुपैयाँ बेरुजू देखिएको थियो । 
बेरुजू रकम मध्ये प्राप्त प्रतिक्रियाबाट, असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने र पेश्कि गरी गरिएको परिक्षणबाट हालसम्मको अद्यावधिक बेरुजू ९ करोड १९ लाख ८५ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।