सिद्धबाबामा पहिरो खस्दा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

बुटवल । सिदार्थ राजमार्गअन्तगर्त पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मंगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छिन् ।
मंगलबार दिउँसो माथिबाट पहिरो खसेर मोटरसईकलका चालकलाई लागेको र चालक उछिट्टिएर २९ मिटर तल तिनाउ किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरी चौकी दोभानका प्रमुख रुम केसीले जानकारी दिनुभयो ।
पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सो क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ । पानी परेको समयमा जुनसुकै बेला पहिरो खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको हो ।