कार्यसमिति चयनमा असन्तुष्टि, हनुमान मन्दिरमा लगाइयो ताला 

२०७९ श्रावण ४ बुधबार १९:४९:०० मा प्रकाशित

गैँडाकोट
गैँडाकोट ९ थुम्सीमा रहेको हनुमान मन्दिरमा असन्तुष्ट पक्षले तालाबन्दि गरेका छन । मंगलबार भएको कार्यसमिति छनौट प्रक्रियामा असन्तुष्टि जनाउदै निर्वतमान उपाध्यक्ष सहित केहि असन्तुष्ट पक्षले तालाबन्दि गरेका हुन । मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि निर्वतमान उपाध्यक्ष बालुराम कुम€ालले मन्दिरको समिति बनाउने सन्दर्भमा एकलौटी निर्णय गरिएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ । मन्दिर समितिको उपाध्यक्ष पदमा रहि २६ वर्षदेखि सेवा गर्दै आएको र यसपटक अध्यक्षमा रहेर सेवा गर्ने इच्छा व्यक्त गर्दा पनि एकलौटी ढंगबाट निर्णय भएको भन्दै कुमाल र उहाँका समर्थकहरुले मन्दिरको गेटमा ताला लगाएका हुन । बालुराम कुमालले बसेर छलफल र निर्णय हुनुपर्ने बताउदै माग लोकतान्त्रिक ढंगवाट समिति चयन नभए र माग सम्बोधन नगरे कानुनी प्रकृयामा जाने चेतावनी दिनुभएको छ । 
समितिको सदस्यमा उम्मेदवारी दिएका अर्का उत्तमप्रसाद बकावल मगर समेतको सहभागिता थियो आफुहरू जनजाती भएकै कारण मन्दिर समितिको नेतृत्वबाट बञ्चित गर्न खोजिएको उहाँहरुको आरोप छ
हालै हनुमान मन्दिर चक्रघाट समितिको नवौं साधारण सभा एवं पाँचौ अधिवेशन भएको थियो अधिवेशनमा समितिको अध्यक्ष पदमा वालुराम कुमाले उम्मेदवारी दर्ता गराए पनि निर्वाचन समितिले आफुसँग सरसल्लाह नै नगरी एकलौटी ढंगले समिति चयन गरेको कुमालको आरोप छ ।