समाचार प्रभाव : सार्वजनिक सवारीको नवलपुरमा प्रशासनको कडा अनुगमन

२०७९ असार २१ मंगलबार १५:४७:०० मा प्रकाशित


नवलपुर । सार्वजनिक सवारीका यातायातको नवलपुर प्रशासनले कडा अनुगमन गरेको छ ।  सवारी साधनले भाडा लिष्ट नटाँसेको र भाडा दरमा एकरुपता नभएको गुनासोका विषयमा प्रशासनलाई विजय एफएमले सोमबार जानकारी गराएको थियो । सोमबार नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सार्वजनिक यातायातप्रति बढेको गुनासोका सन्दर्भमा अनुगमन गर्ने बताउनुभएको थियो । 


विजय एफएमसंग सोमबार प्रजिअले अनुगमन गर्ने बताउनुभएको थियो । आवाज सुन्न तल क्लीक गर्नुहोस् 

 

जिल्ला प्रशासन कार्यालय नवलपुरले मंगलबार कावासोती हुँदै हिंड्ने लामो तथा छोटो दुरीका सवारीको अनुगमन गरेको छ । अनुगमनका क्रममा सार्वजनिक सवारीहरुले गाडीभित्र भाडा सूचि नटाँसेको पाइएको छ । मंगलबार बिहान नवलपुर प्रशासन, यातायात व्यवस्था सेवा नवलुर, जिल्ला ट्राफिक नवलपुर, जिल्ला प्रहरी कार्यलय नवलपुर, पत्रकार लगायत भएर गरिएको अनुगमनमा अधिकांश सार्वजनिक सवारी साधनले भाडा लिष्ट नटासेको पाइएको छ भने केही सवारीले भाडा धेरै लिईएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


अनुगमनमा भाडा नटाँसेका सार्वजनिक सवारीलाई सचेत गराइएको छ भने रुट प्रमिट भन्दा अन्यत्र ठाउँको नाम लेखी यात्रु ठग्ने सवारीलाई पनि सचेत गराएर सच्याउन भनिएको छ । तोकिएको भन्दा धेरै भाडा लिने,  आवश्क कागजात नबोकी सवारी चलाउने दुई सवारीलाई कारवाही गरिएको छ  । नौ सवारी साधनको आवश्यक कागज ल्याउनु भनि यातायात व्यवस्था सेवाले कागजत लिएको सेवा कार्यलयका नासु कृष्ण प्रसाद भट्टराइले जानकारी दिनुभयो । 

सार्वजनिक यातायातले मनपरि भाडा लिएको गुनासो बढ्दै