सार्वजनिक यातायातले मनपरि भाडा लिएको गुनासो बढ्दै 

२०७९ असार २० सोमबार १६:१४:०० मा प्रकाशित


नवलपुर । नवलपुरमा सार्वजनिक यातायातमा मनपरि भाडा लिने गरेको गुनासो बढेको छ । छोटो दुरीका सार्वजनिक सवारी साधानले तोकेभन्दा धेरै भाडा लिने गरेको गुनासो यात्रुहरुकोे छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमीरेले भाडाको बिषयमा तत्काल अनुगमन गर्ने बताउनुभएको छ । यातायात विभागले तोकेभन्दा धेरै भाडा लिन नपाइने बताउदैँ यस्तो गरेको पाइएमा कानुनी कार्वाही हुने प्रजिअ घिमिरेले बताउनुभयो । सरकारले तोकेका भाडा सुचिलाई प्रत्येक सार्वजनिक साधनले यात्रुले देख्नेगरि बसमा टास्नुपर्ने हुन्छ । तर अधिकांश सवारी साधानमा भाडासूची नहुने गरेको गुनासो बढेपछि यसमा पनि तत्काल अनुगमन गर्ने प्रजिअ घिमीरेले बताउनुभएको छ । 

इन्धनको मूल्यको आधारमा स्वचालितरुपमा अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक सवारीको भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले बताएको छ ।