नवलपुरमा ३ हजार मेट्रिकटन चैतेधान उत्पादन 

२०७९ असार २० सोमबार १५:०७:०० मा प्रकाशित


नवलपुर । नवलपुरमा ३ हजार ५ सय ६२ मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र नवलपुरका अनुसार यसबर्ष ७ सय ५० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइ भएको थियो ।

नवलपुरमा अघिल्लो बर्ष ७ सय हेक्टर क्षेत्रफलमा चैतेधान भएको थियो । त्यस वर्ष  ३ हजार ५ सय ६० मेट्रिक्टन धान उत्पादन भएको  ज्ञान केन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताउनुभयो ।

नवलपुरमा मुख्य गरि गैँडाकोट ११, कावासोती १७ र १० त्यस्तै विनयी त्रिवेणी गाउँपालिकाको १ नम्बरमा चैतेधान लगाइन्छ ।

असारको २० गतेसम्ममा नवलपुरमा बर्षे धान ६५ प्रतिशत भएको सुचना अधिकारी पौडेलले बताउनुभयो ।