ठगी मुद्दामा फरार अभियुक्त गैँडाकोटबाट नियन्त्रणमा

२०७९ असार ७ मंगलबार ११:५३:०० मा प्रकाशित

 
गैँडाकोट । ठगी मुद्दामा फरार रहेका एक अभियुक्तलाई गैँडाकोटबाट प्रहरीले पक्राउ गरेको छ ।
गैँडाकोट १५ का ४२ वर्षका कृष्ण प्रसाद थनेतलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो । थनेतलाई महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौँले खोजीरहेको थियो । यसअघि २०७८ सालमा समेत थनेतको नाममा पक्राउ पुर्जी जारी गरेपनि फरार रहेका कारण पक्राउ गर्न सकेको थिएन ।
गैँडाकोट १५ बाट पक्राउ परेका थनेतलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको श्रेष्ठले जानकारी दिनुभयो । म्याद थप तथा कारवाहीका लागि आज जिल्ला अदालत काठमाण्डौँ पेश गर्ने महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।