नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल

२०७९ असार ५ आइतबार १२:३१:०० मा प्रकाशित


चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक अर्जुनज थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदै गएकोले नयाँ पुल निर्माण गर्न लागिएको जानकारी दिए । सो कामका लागि ठेक्काको बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । विभागका अनुसार नारायणी नदीमा अहिलेको पुलको समानान्तर हुने गरी सिग्ने चर पुल निर्माण गर्न लागिएको छ ।
सो काम डिजाइन एन्ड विल्ड निर्माण प्रणालीको आधारमा बोलपत्र आह्वान गरिने भएको छ । २०३८ सालमा नारायणी नदीमा निर्माण भएको अहिले को पुलको आयु ७० वर्ष तो किएको थियो । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने महानिर्दे शक थापाले बताउनुभयो ।